लन्डन-नेपालीहरुको प्रमुख चाड छठ लन्डनमा भव्य कार्यक्रम गरी मनाइयो ।
छठको अवसरमा नेपाली मधेसी संघ युकेद्वारा साउथ ह्यारोमा आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका राजदूत डा दुर्गाबहादुर सुवेदीले छठ सबै नेपालीहरुको साझा पर्व बनिसकेको बताए ।
उनले नेपालको राष्ट्रिय गानमा भने जस्तै विभिन्न जातजाति मिलेर नेपाली समाज बनेको स्मरण गरे । उनले नेपाली नेपाली बीचको एकता, समझदारी, भ्रातृत्व र प्रेमलाई बढावा दिंदै सिंगो र सुन्दर नेपाली माला कहिल्यै नटुटाउन आग्रह पनि गरे । उनले मधेसी भएकोमा गर्व गर्नुका साथै नेपाली मधेसी हुनुको गौरव कायम गर्न पनि आग्रह गरे ।
शुभकामना दिंदै गैर आवासीय नेपाली संघका निवर्तमान उपाध्यक्ष कुल आचार्यले छठ पर्व सबै नेपालीहरुको साझा पर्व भएको बताउंदै सूर्यनारायणको व्रत गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताए । उनले सबैलाई छठको शुभकामना पनि दिए । हालै सम्पन्न एनआरएनए चुनावतर्फ इंगित गर्दै आचार्यले गल्ती गर्नेहरुको आत्मबल कमजोर हुन्छ, तर आत्मालाई धोका नदिनेले भने जिन्दगी भरि आनन्दित महसूस गर्ने बताए । उनले यसबारे थप खुलाएनन् ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ आइसीसी सदस्य सुशीला राई, गैर आवासीय नेपाली संघ युकेका निवर्तमान उपाध्यक्ष शेरबहादुर सुनार, काउन्सिलर प्रवेश केसी, हिलिङ्गडन गोर्खा नेपाली समाजका अध्यक्ष छत्र लिम्बु लगायत वक्ताले पनि छठ पर्वको शुभकामना दिएका थिए।
आयोजक संस्थाका अध्यक्ष भाग्यनारायण रायले गएको १२ वर्ष देखि समाजले बेलायतमा छठ पर्व मनाउंदै आएको बताउंदै उपस्थित सबैलाई धन्यवाद दिए ।
कार्यक्रममा डन्डिया नृत्य प्रस्तुत गरिएको थियो भने समाजका महिला सदस्यहरुले स्वागत गान गाएका थिए ।
तस्बिर-शिब भण्डारी
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक