लन्डन- नेपाल पत्रकार महासंघ बेलायतले युकेमा कार्यरत पत्रकारहरुप्रति विना कुनै आधार सामाजिक संजालमा अमर्यादित टिका टिप्पणी नगर्न चेतावनी दिएको छ ।
महासंघ बेलायत शाखाका महासचिव संजयभक्त कंडेलले शुक्रबार एक विज्ञप्ति जारी गरी भर्खरै सामाजिक सञ्जाल फेसबुकमा रामशरण सिंखडा, इन्द्र घोताने र रञ्जिता सेनका नाममा प्रकाशित ब्यक्तिगत विचार, स्टाटसलगायत अमर्यादित भाषा, टिकाटिप्पणीले दुःखी बनाएको जनाएका छन् ।
“सबै संघसंस्था र व्यक्तिसंग वार्ताको माध्यमबाट नै सम्पूर्ण असमझदारीहरू व्यवस्थित गर्ने माध्यम रहँदा रहँदै पनि अस्वस्थ र उत्तेजित ढङ्गबाट सञ्जालमा छताछुल्ल हुनु आफैमा दुर्भाग्यपूर्ण हो र अब उप्रान्त यसरी प्रस्तुत नहुन सम्बन्धित पक्षलाई नेपाल पत्रकार महासंघ, बेलायत सचेत गराउन चाहन्छ”- वक्तव्यमा छ।
‘नेपाल पत्रकार महासंघ बेलायत सबै विचार, समूह, वर्ग, भाषा, धर्म, जाति र अन्यलाई सम्मान गर्दै समव्यवहारमा नेपाल र विश्वभरि नै स्वस्थ र जानकारीमूलक सूचना प्रवाह गर्ने स्वतन्त्र पत्रकारहरुको साझा संस्था हो र यसैमा विश्वास राख्दछ । तर पनि समय समयमा यस संस्थासंग आवद्ध पत्रकार मित्र र पदाधिकारीहरु माथि हुने विभेद, अन्यायपूर्ण र असामाजिक व्यवहारको नेपाल पत्रकार महासंघ बेलायत खेद प्रकट गर्दछ’-वक्तव्यमा भनिएको छ ।
‘चित्त नबुझेका कुरा र व्यवहारलाई आपसी समझदारी वा कानुनी तवरबाट समाधान गर्ने प्रशस्त मार्ग हुँदा हुँदै पनि सामाजिक सञ्जालमा तल्लो स्तरको भाषा प्रयोग गरी गाली गलौज र पेशाप्रति नै अमर्यादित व्यवहार गर्ने जो कोहीको पनि नेपाल पत्रकार महासंघ बेलायत निन्दा गर्दछ । पेशा र श्रमको अर्थ, मर्यादा र महत्वलाई आफ्नो खुशी र स्वार्थमा व्याख्या गरी सामाजिक सञ्जाल, सभा कतै पनि असभ्य, अराजक नबनी दिन नेपाल पत्रकार महासंघ बेलायत अनुरोध गर्दछ’-वक्तव्यमा उल्लेख छ-‘पत्रकार र पत्रकारिताको सम्पूर्ण समस्या निराकरण गर्ने आधिकारीक र कानुनी संस्था रहेको सर्वविदित छ । यस अलावा पनि पत्रकार साथीहरूको सुरक्षा, सम्मान र मर्यादालाई कायम राख्न नेपाल पत्रकार महासंघ बेलायत सक्षम र कटिवद्ध रहेको र आवश्यक परे जस्तो सुकै कठोर कदम चाल्न पनि पछि नहटने अवगत गराइन्छ ।’
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक