लन्डन । विश्वभरका पर्यटन व्यवसायीहरुको एउटा कुम्भ मेला वल्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) मा भाग लिन बेलायत आइपुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई यतिखेर नेपाल पर्यटन प्रवर्धन गर्न व्यस्त छन् ।
मन्त्री भट्टराई सोमबार लन्डनस्थित एक्सेल एक्जिबिसन सेन्टरमा शुरु वल्र्ड ट्राभल मार्केटमा सहभागी भए । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीसहित एक्सेल पुगेका मन्त्री भट्टराईले मेलाको पहिलो दिन नेपाली स्टलहरुमै बसेर अवलोकन तथा प्रचार प्रसार गरेको दूतावास श्रोतले जानकारी दिएको छ । मन्त्रीले आयोजक संस्थालाई अन्तरवार्ता दिंदै नेपाल पर्यटनबारे अवगत समेत गराएका थिए । उनले बेलायतीलाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन् ।
४ देखि ६ नोभेम्बरसम्म चल्ने उक्त प्रदर्शनीमा विश्वका १८२ देशबाट ५ हजार बढि प्रदर्शनीकर्ता र ५१ हजार सहभागी छन् । यसमा नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपाली पर्यटन व्यवसायी समेत संलग्न छन् ।
मन्त्रीले मंगलबारसांझ लन्डनस्थित नेपाली दूतावासमा आयोजित पर्यटन प्रवर्धन सांझलाई सम्बोधन गरे ।
यसअघि मन्त्री भट्टराई एनआरएनए यूकेद्वारा आयोजित एक कार्यक्रममा सहभागी भए । उक्त कार्यक्रममा मन्त्रीले नेपाली विमानलाई युरोपमा उडान अनुमति दिन युरोपेली संघ (ईयू) संग छलफल भइरहेको बताएका थिए । मन्त्री भट्टराईले युरोपेली राष्ट्रमा रहेका नेपाली नियोगमार्फत् प्रतिवन्ध हटाउन कूटनीतिक प्रयास भइरहेको पनि बताए ।
दुई वर्षअघि अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ) ले नेपाललाई कालो सूचीबाट हटाए पनि युरोपेली संघले सन् २०१३ मा नेपाली विमान सेवाहरुलाई लगाएको प्रतिवन्ध कायमै छ ।
सो कार्यक्रममा मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न आग्रह गर्दै यो अभियान एक वर्षमात्र नभई एक दशकसम्म निरन्तरता दिन जरुरी रहेको बताए ।
नेपाल भ्रमण वर्षमा नेपाल घुम्ने पर्यटक संख्या २० लाख पुरयाउने लक्ष्य सरकारको छ । पर्यटनमन्त्रीले यसै अभियानलाई सहयोग पुग्ने गरि तीनजना सद्भावना दूत तोक्ने समेत जनाइएको छ । बेलायतको उपल्लो सदन हाउस अफ लर्डसमा बिहीबार एक कार्यक्रमबीच सद्भावना दूत र बेलायती पर्वतारोही एवं पर्यटन व्यवसायीलाई सम्मान कार्यक्रम तय छ ।
बेलायतबाट गत वर्ष ६३ हजार ८६ बेलायती पर्यटक नेपाल भ्रमणमा आएका थिए । लन्डनस्थित राजदूत डा. दुर्गाबहादुर सुवेदीले यस वर्ष ८० हजार र नेपाल भ्रमण वर्ष २०२० मा एक लाख बेलायती पर्यटक नेपाल भित्रयाइने दावी गरेका छन् ।
दूतावासबाट एकै दिन होम डेलिभरी भिसा सर्भिस, बेलायतमा पर्यटन प्रवर्धन र नेपालको राम्रो वातावरणले पर्यटक बढेका राजदूतको भनाइ छ ।
लन्डनका राता बसमा नेपाल प्रवर्धन
यसैबीच, लन्डन शहरमा चल्ने आइकोनिक रातो रंगका बसहरुमा नेपाल प्रवर्धन सामाग्री राखेर प्रचार तीव्र पारिएको छ । सोमबार ४ नोभेम्बरदेखि तीन सातासम्म राता बसमा प्रवर्धन जारी राखिने बोर्डले जनाएको छ । नेपाल पर्यटन बोर्डले लन्डनमा दोश्रो पटक नेपाल भ्रमण वर्ष लक्षित यस्तो प्रभावकारी उपाय अपनाएको हो । विश्वकै सबैभन्दा वृहत पर्यटन मेला (वल्ड ट्राभल मार्केट) मा भने बोर्डको पहिलो प्रयास हो ।
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक