लन्डन– विगत वर्षहरु झैं यस वर्ष पनि बर्न्टओक नेपाली समाजले नेपालीहरुका महान चाड दशैं तथा तिहारको अवसरमा एक कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा हेन्डन क्षेत्रका सांसद डा म्याथ्यु अफोर्ड, बार्नेट काउन्सिलकी मेयर काउन्सिलर क्यारोलिन स्टक, बार्नेट काउन्सिलका उपमेयर लक्ष गुरुङ, सेवा निवृत्त लेफ्टिनेन्ट गभर्नर मार्टिन रसेल लगायतका पाहुनाहरुको उपस्थिति थियो ।
कार्यक्रमको शुरुमा समाजका अध्यक्ष उदय गुरुङले सबै सदस्य तथा पाहुनाहरुलाई स्वागत गरेका थिए । सो अवसरमा बोल्दै सांसद अफोर्डले नेपाल र नेपाली समुदाय सांस्कृतिक हिसाबले निकै धनी रहेको भन्दै हरेक वर्ष यस्तो कार्यक्रम मनाएर आफ्नो संस्कृतिको जगेर्ना गरेकोमा प्रशंसा गरेका थिए ।
त्यस्तै मेयर स्टकले नेपाली तथा गोर्खा समुदायले बार्नेट काउन्सिलमा पुराएको योगदानको प्रशंसा गरेकी थिइन् ।
कार्यक्रममा विजय कार्की लगायत नयाँ सदस्यहरुलाई सदस्यता प्रदान गरिएको थियो । त्यस्तै युनिभर्सिटी अफ लण्डनको रोयल हलवे कलेजबाट अर्थशास्त्रमा स्नातकतह पुरा गरेकी शिवानी गुरुङलाई सम्मान गरिएको थियो ।
गत १९ अक्टोबरमा आयोजित कार्यक्रमको संचालन समाजका महासचिव भोला पनेरुले गरेका थिए भने सांस्कृतिक कार्यक्रम संचालन सुश्री अनुपमा गुरूङले गरेकी थिइन् ।
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक