लन्डन– विगत वर्षहरु झैं यस वर्ष पनि बर्न्टओक नेपाली समाजले नेपालीहरुका महान चाड दशैं तथा तिहारको अवसरमा एक कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा हेन्डन क्षेत्रका सांसद डा म्याथ्यु अफोर्ड, बार्नेट काउन्सिलकी मेयर काउन्सिलर क्यारोलिन स्टक, बार्नेट काउन्सिलका उपमेयर लक्ष गुरुङ, सेवा निवृत्त लेफ्टिनेन्ट गभर्नर मार्टिन रसेल लगायतका पाहुनाहरुको उपस्थिति थियो ।
कार्यक्रमको शुरुमा समाजका अध्यक्ष उदय गुरुङले सबै सदस्य तथा पाहुनाहरुलाई स्वागत गरेका थिए । सो अवसरमा बोल्दै सांसद अफोर्डले नेपाल र नेपाली समुदाय सांस्कृतिक हिसाबले निकै धनी रहेको भन्दै हरेक वर्ष यस्तो कार्यक्रम मनाएर आफ्नो संस्कृतिको जगेर्ना गरेकोमा प्रशंसा गरेका थिए ।
त्यस्तै मेयर स्टकले नेपाली तथा गोर्खा समुदायले बार्नेट काउन्सिलमा पुराएको योगदानको प्रशंसा गरेकी थिइन् ।
कार्यक्रममा विजय कार्की लगायत नयाँ सदस्यहरुलाई सदस्यता प्रदान गरिएको थियो । त्यस्तै युनिभर्सिटी अफ लण्डनको रोयल हलवे कलेजबाट अर्थशास्त्रमा स्नातकतह पुरा गरेकी शिवानी गुरुङलाई सम्मान गरिएको थियो ।
गत १९ अक्टोबरमा आयोजित कार्यक्रमको संचालन समाजका महासचिव भोला पनेरुले गरेका थिए भने सांस्कृतिक कार्यक्रम संचालन सुश्री अनुपमा गुरूङले गरेकी थिइन् ।
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर