
लन्डन । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई लन्डन उत्रिएका छन् । मन्त्री भट्टराई आगामी नोभेम्बर ४ देखि ७ सम्म लण्डनको एक्सेल एक्जिबिसन सेन्टरमा हुने ‘वल्ड ट्राभल मार्ट’ मा सहभागी हुन लन्डन उत्रिएका हुन् ।
मन्त्री भट्टराईको बेलायत भ्रमणले नेपाल सरकारले तय गरेको ‘भिजिट नेपाल २०२०’ मा उल्लेख्य पर्यटक नेपाल जान प्रेरित गर्ने अपेक्षा गरिएको छ । अहिले नेपाल भ्रमण गर्ने बेलायती पर्यटक संख्या वार्षिक ६० हजार बढि छ । तर, भ्रमण वर्षका बेला त्यो संख्या कम्तीमा एक लाख पुरयाउने राजदूत डा. दुर्गाबहादुर सुवेदीको अठोट छ ।
मन्त्रीलाई स्वागत गर्न बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, उपनियोग प्रमुख शरदराज आरण, पूर्व प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीलगायत नेकपाका नेताहरु हिथ्रो विमानस्थल पुगेका थिए । मन्त्री भट्टराईसहित मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, पर्यटन बोर्डका कार्यकारी अध्यक्ष दिपक जोशी, अधिकृत लक्ष्मण गौतम लगायतको टोली पनि लन्डन आइपुगेको छ ।
करिब साता लामो बेलायत भ्रमणका क्रममा मन्त्री भट्टराई नेपाली दूतावास लण्डनले आगामी मंगलबार दूतावासमा गर्ने स्वागत कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । दूतावासको कार्यक्रम नेपाल भ्रमण वर्ष अभियानमा केन्द्रित हुनेछ ।
लन्डन बसाईका क्रममा मन्त्री भट्टराई नेकपा बेलायतले गर्ने स्वागत कार्यक्रम तथा एनआरएनए यूकेले गर्ने अन्तरक्रियामा समेत सहभागी हुनेछन् ।
तस्विर- शिव भण्डारी
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे