लन्डन- नेपालको प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइरालाले नेपालमा शिक्षालाई अनिवार्य बनाउनुपर्ने र आफ्ना बालबालिका स्कुल नपठाउने अभिभावकविरुद्ध कानूनी कारवाही गर्नुपर्ने जनाएकी छन् ।
लन्डनस्थित नेपाली दूतावासद्वारा बिहिबार बेलुका आफ्नो सम्मानमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै कोइरालाले आफूसंग कार्यकारी अधिकार नभए पनि आफूले प्रदेश नम्बर ३ का मुख्यमन्त्री तथा प्रदेश सरकारलाई गुणस्तरीय शिक्षामा जोड दिन सुझाव दिएको बताइन् ।
‘प्रदेश ३ सरकारले सबै सार्वजनिक विद्यालयहरुमा परामर्शदाताको व्यवस्था गर्नुका साथै छात्र-छात्राहरुका लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था गर्न लागेको छ’-उनले बताइन् ।
माइती नेपालकी संस्थापक पनि रहेकी कोइरालाले अहिले नेपालबाट भारत, बंगलादेश तथा श्रीलंका हुँदै द्वन्द्वग्रस्त मुलुकहरु तथा अफ्रिकामा पनि चेलीबेटी बेचबिखन गर्ने क्रम बढेर गएको जनाइन् । उनले लैंगिक भेदभाव, अशिक्षा, बेरोजगारी, खुला सीमा तथा गरीवी जस्ता कारणले चेलीबेटी बेचबिखन हुने गरेको बताउंदै यस्तो समस्यासंग जुध्न सबैलाई हातेमालो गर्न आग्रह गरिन् ।

श्रीमति कोइरालालाई स्वागत गर्दै बेलायतका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुबेदीले अनुराधा कोइरालाको सम्पूर्ण जीवन सेवाभावको अनुपम उदाहरण भएको बताए । उनले कोइरालाले हजारौं नेपाली चेलीलाई बेचबिखनबाट जोगाएर उनीहरुलाई नयां जीवन दिएको स्मरण गरे ।
उनले क्विन सोफिया अवार्ड, मदर टेरेसा अवार्ड, युनिफेम अवार्ड, सीएनएन हिरो तथा भारतको पद्म श्री पुरस्कार पाउने पहिलो नेपाली र पहिलो विदेशीको रुपमा श्रीमती कोइरालाले नेपालको नाम उंचो पारेको बताए । उनले दीपावली तथा छठ पर्वको अवसरमा बेलायत, आयरल्याण्ड तथा माल्टामा बसोबास गर्ने सबै नेपालीलाई शुभकामना पनि दिए ।
सो समारोहमा माइती नेपालका अध्यक्ष विश्व खड्का, चलचित्र निर्देशक नारायण पुरी, चलचित्र निर्माता उद्धव पौडेल लगायतका व्यक्तित्वहरुको सहभागिता थियो । कार्यक्रममा चर्चित गजल गायक राज सिग्देल, गायिका सितु खरेल तथा शर्मिला बर्देवाले लोकप्रिय गीत/गजल सुनाएका थिए ।
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण