
लन्डन । बालबालिकामा हुने क्यान्सर रोगको
उपचारार्थ सहयोग गर्ने बेलायत केन्द्र रहेको एक
अन्तर्राष्ट्रिय संस्थाले नेपालमा पनि आफ्नो कार्य क्षेत्र विस्तार गर्ने भएको छ । ‘वल्ड चाइल्ड क्यान्सर’ ले कार्यक्षेत्र विस्तार गर्ने भएको हो । उक्त संस्थाले अफ्रिका तथा एसियाली विभिन्न गरिव
राष्ट्रका बालबालिकामा भएको क्यान्सरबिरुद्ध सहयोग गर्दै आएको छ ।
उक्त संस्थाले ‘यूके एड म्याच अपिल’ मार्फत नेपालमा पनि सहयोग बिस्तार गर्ने भएको छ । नेपालमा हरेक बर्ष करिव १२०० बालबालिकामा क्यान्सर हुने, बिकासोन्मुख देशहरूमा क्यान्सर लागेका १० प्रतिशत बालबालिका मात्र बच्ने गरेको तथ्य प्रस्तुत गर्दै संस्थाद्वारा जारी प्रेस विज्ञप्तिमा विकसित देशका ८० प्रतिशत क्यान्सर पीडित बालबालिका बांच्ने गरेको तथ्य सार्वजनिक गरेको छ ।
‘वल्ड चाइल्ड क्यान्सर’ संस्थाले धनी र गरिव राष्ट्रहरूबीचको क्यान्सर पीडित बालबालिकामा हुने मृत्युदरको अन्तरमा कमी गर्न ‘क्लोज द क्यान्सर ग्याप’ अर्थात ‘क्यान्सरको दुरी कम गरौं…’ भन्ने अभियान नेपालमा पनि चलाउने भएको छ ।
उक्त अभियानसंगै अब यो संस्था २१ अक्टोबर, २०१९ देखि आधिकारिक रूपमा क्यान्सर पीडित बालबालबालिकाको सहयोगार्थ नेपालमा पनि काम गर्ने तयारीमा छ ।
बालबालिकामा क्यान्सर लागेको पहिलो चरणमा नै सहि पहिचान गर्न सकिए शतप्रतिशत निको पार्न सकिने भन्दै रोगको पहिचान र उपचार सहयोग गर्नु नै वल्ड चाइल्ड क्यान्सर संस्थाको मुख्य उद्देश्य हो । ‘कम आय श्रोत भएका देशमा जन्मिनु अभिसाप हैन । पीडित बालबालिकालाई समयमा नै उपचार उपलब्ध गराई अकाल मृत्युबाट बचाउनु सबैको कर्तब्य हो’- संस्थाका प्रबन्ध निर्देशक जोन रोसरले सहयोग अपिल गर्दै भनेका छन् ।
संस्थामार्फत आगामी २१ जनवरी भन्दा अघि नेपालका क्यान्सर पीडित बालबालिकाहरुका लागि गरिने कुनै पनि च्यारिटी सहयोग रकम बेलायत सरकारद्वारा थपेर दोब्बर बनाइदिने बताइएको छ ।
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक