एनआरएनए सचिवमा शुष्मा राईको उम्मेदवारी दर्ता, मतदाता उत्साहित


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्को सचिव पदमा एनआरएनए अभियन्ता सुष्मा राईले उम्मेदवारी दर्ता गरेकी छन् । आईसिसी सदस्य राईले एनआरएनए अभियानमा केन्द्रमा रहेर काम गर्ने प्रतिवद्धतासहित सचिव पदमा उम्मेदवारी दर्ता गरेकी हुन् ।

तीन कार्यकाल २०१३ देखि हालसम्म आईसिसी सदस्यमा रहेर कार्यसम्पादन गरेकी राई सामाजिक अभियानमा निरन्तर छन् । गैरआवासीय नेपालीहरुको ज्ञान, सीप र अनुभवहरुलाई देशको समृद्धिसँग जोड्नका लागि आफूले सचिव पदमा उम्मेदवारी दिएको राईले बताइन् ।

‘मातृभूमीको समृद्धिका लागि गैर आवासीय नेपालीको ज्ञान, सीप, पुँजी र अनुभवलाई जोडने मेरो लक्ष्य हो, यसैका लागि सचिव पदमा उम्मेद्वार बनेको छु’-राईले भनिन् । राईले आईसिसी सदस्य हुनुभन्दा अघि एनआरएनए युकेको सचिव भएर काम गरेको अनुभव छ ।

राजनीति पृष्ठभूमिमा हुर्केकी राई सात सालको क्रान्तिका योद्धा स्वर्गीय रामप्रसाद राईकी नातिनी हुन् ।

बिश्वभरका एनआरएनएबीच परिचित राई कुल आचार्य समुहको पहिलो सूचीमा पर्नुभएको छ । गलत काम भएमा कसैसँग संझौता नगर्ने राईलाई जिताउन युरोप, अमेरिकादेखि मिडल इष्टका मतदाताले अभियान चलाएका छन् । आम मतदाताले जित्नै पर्ने उम्मेद्वारको सूचीमा पारेको कारण राई निकै बलियो उम्मेद्वारका रुपमा देखिनुभएको छ ।

‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित हुने सम्मेलनमा विभिन्न देशबाट प्रतिनिधिहरु सहभागी छन् । आज चार बजेबाट हुने निर्वाचनमा बिभिन्न १४ पदका लागि ४२ जना चुनिने छन् ।

सम्मेलनमा प्रतिनिधिसहित नेपाल र ८१ राष्ट्रबाट २५ सय जनाको सहभागिता छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री