लण्डन । बेलायत भ्रमणमा रहेका लोकदोहोरी कलाकारहरु प्रसाद खप्तरी र खीमा रोकाले उलीच तताउने भएका छन् ।
ग्रीनीच भलिवल परिवारको आयोजनामा नोभेम्बर १० का दिन लोटस क्लव उलीचमा उनीहरुले भरपुर मनोरन्जन दिलाउने भएका हुन् ।
साँझ ५ बजेदेखि शुरु भइ राति ११ बजेसम्म चल्ने सो पारिवारिक कार्यक्रममा सहभागी हुन ग्रीनीच भलिवल परिवारले लोकगीतका पारखीहरु सबैलाई अनुरोध गरेको छ ।
गुल्मी जिल्ला समाज युकेको निमन्त्रणामा बेलायत आएका खप्तरी यसअघि पनि पटकपटक युके आइ युकेबासीको मन जितिसकेका छन् भने खीमा रोका चर्चित लोकदोहोरी कार्यक्रम इन्द्रेणीका नियमित कलाकार हुन् ।
इच्छुकहरुले प्लमस्टिडस्थित मिल्सा स्टोर, लुम्बिनी स्टोरबाट टिकट लिन सक्नेछन् । यस्तै खड्ग रेश्मी, विनोद ज्ञवाली, रविन्द्र रोकामगर, कमल राना र राज कटवाललाई सम्पर्क गरेर पनि टिकट लिन सकिने छ ।
टिकटको मूल्य बयस्कका लागि १२ पाउन्ड तथा सात वर्षमाथिका बालबालिकाका लागि ७ पाउण्ड तोकिएको छ ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे