लन्डन । युरोपकै सबैभन्दा पुरानो सामाजिक संस्था यती नेपाली एसोसिएसन यूकेले गत आइतबार दशैं तिहार कार्यक्रम आयोजना गरेको छ ।
लन्डन साउथ हयारोस्थित हयारो बरो फुटबल क्लब हलमा शुभकामना आदानप्रदान र सांगीतिक प्रस्तुतिसहित कार्यक्रम भएको हो । कार्यक्रम संस्थाका अध्यक्ष वरिष्ठ समाजसेवी ध्रुव केसीको अध्यक्षतामा सम्पन्न भएको थियो । दशैं तिहार मनाउने यतीको लामो परम्परा छ ।
कार्यक्रम वरिष्ठ समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबिइ), एनआरएनए केन्द्रिय महासचिव डा. बद्री केसी र यती अध्यक्ष ध्रुव केसीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
समारोहमा प्रमुख अतिथी केसी, डा. धिताल, एनआरएनए आइसीसी सदस्य रामशरण सिम्खडा, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनी लगायत अतिथीहरुले शुभकामना दिंदै विश्व नेपाली डायस्पोरामा यतीको महत्वबारे धारणा राखेका थिए । अध्यक्ष ध्रुव केसीले दशैं तिहार शुभकामना दिंदै सहभागी सबैप्रति आभार व्यक्त गरे ।
महासचिव डा. मुकुन्द बास्तोलाले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष बाचस्पति रेग्मीले स्वागत मन्तव्य दिएका थिए भने खेलकुद सचिव हयारी गुरुङले ‘हेल्थ एण्ड सेफ्टी’ बारे जानकारी दिए ।
कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय कलाकारहरु गजल गायक राज सिग्देल, गायिका भूमिका शाह, गायक प्रसाद खप्तडी मगरले गायन तथा नायिका पनाह अधिकारी र स्थानीय बाल कलाकारहरु दिव्या र काव्या दाहालले विभिन्न नाच देखाए भने मदन थापाको समूहले मालश्री धुन प्रस्तुत गरेको यती संस्थाकी सांस्कृतिक सचिव माया केसीले जनाइन् । अन्त्यमा सपन राईको डिजेमा सहभागी मज्जाले नाचेका थिए ।
तस्विरहरु- शिव भण्डारी
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने