लन्डनमा लक्ष्मी जयन्ती र राष्ट्रकविको शतक जन्मोत्सव मनाइने


लन्डन । नेपाली साहित्य विकास परिषद यूकेले राष्ट्रकवि माधवप्रसाद घिमिरेको शतक जन्मोत्सव र महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती मनाउने भएको छ ।

परिषदले २० अक्टोबर आइतबार लन्डनमा कार्यक्रम गर्न लागेको हो । परिषदका महासचिव वीरेन्द्र कुंवरका अनुसार, समारोहमा पुस्तक विमोचन, पदक शुसोभन र कविता वाचन समेत तय गरिएको छ ।

संस्थाले एबीआइ कलेज एक्टनमा हुने कार्यक्रममा सहभागिताका लागि सबैमा निमन्त्रणा गरेको छ । परिषदले वर्षेनी लक्ष्मी जयन्ती मनाउंदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री