लन्डन । बेलायतमा चरम दक्षिणपन्थी उग्रवादीहरुबाट आतंकवादी खतरा सबैभन्दा छिटो बढिरहेको प्रहरीले जनाएको छ ।
युकेको आतंकवाद विरोधी इकाईका प्रमुख निल बासुले एउटा ब्रिफिङमा मार्च २०१७ यता प्रहरीले उग्रवादी हमलाका २२ वटा योजनाहरु विफल बनाइ दिएको बताएको बेलायती अखबारले उल्लेख गरेका छन् । उनले ती मध्ये ७ वटा चरम दक्षिणपन्थी उग्रवादीहरुसंग सम्बन्धित रहेको बताए । यद्यपि उनले अझै पनि सबैभन्दा ठूलो खतरा जिहादीहरुबाटै रहेको जनाएका छन् ।
मेट्रोपोलिटन प्रहरीका सहायक आयुक्त बसुले चरम दक्षिणपन्थी विचारधाराबाट प्रभावित व्यक्ति वा समूहले जिहादीहरु तथा इस्लामिक एस्टेट समूहको आक्रमण शैली नक्कल गरेको आफूहरुले पाएको पनि बताए ।
उग्रवादीहरुलाई आफ्नो प्रपोगाण्डा फैलाउन यूट्युब जस्ता प्लेटफर्म सहयोगी भएको अनुसन्धानकर्ताहरुको ठहर छ ।
प्रहरीले चरम दक्षिणपन्थी उग्रवादीका गतिविधि निस्तेज गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । गत वर्षदेखि एमआइ फाइभले प्रति आतंकवाद प्रहरीसंग सहकार्य रहेर आतंकवादी योजना निस्तेज गरिरहेको छ ।
प्रहरीले आतंकवादी हिंसा रोक्न ‘एमआई–५’ सँग मिलेर सन् २०१८ यता गोरा सर्वोच्चता र इस्लामिक अतिवादी विचारधारासम्बन्धी ८० योजनाको अनुसन्धान गरिरहेको पनि जनाएको छ । ‘एमआई–५’ ले गत वर्षदेखि चरम दक्षिणपन्थी योजनाविरुद्ध आफैंले नेतृत्व गरेको हो ।
गार्डियन समाचारपत्रका अनुसार, पछिल्ला वर्ष आतंकवादी गतिविधिमा समातिएका एक चौथाइ व्यक्ति दक्षिणपन्थी हिंसासँग सम्बन्धित थिए । सन् २०१६ मा लेबर सांसद जो कोक्स र सन् २०१७ मा उत्तरी लन्डनको मस्जिदमा एक मुस्लिमको त्यही समूहबाट हत्या भएको प्रहरी निष्कर्ष छ । विगत दुई वर्षमा यस्ता मुद्दा ४ प्रतिशतले बढेका प्रहरीले जनाएको छ । सन् २०१६ देखि २०१८ बीचमा कट्टरपन्थी कारबाही पनि ८ प्रतिशतले बढेको पाइएको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण