लन्डन– गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्यले संघको केन्द्रिय अध्यक्ष पदका लागि भोलि बेलायतबाट औपचारिक घोषणा गर्ने भएका छन् ।
अल्डरशटस्थित एम्पायर हलमा मंगलबार २४ सेप्टेम्बर अपरान्ह ६ बजे देखि घोषणासभा शुरु हुने ‘कुल आचार्य जिताऔं अभियान समिति’ ले जनाएको छ ।
सभामा एनआरएन युकेका वर्तमान तथा पूर्व पदाधिकारीहरु, बेलायतस्थित संघसंस्थाका पदाधिकारीहरुलाई निम्तो गरिएको सो समितिले जनाएको छ । सभामा युरोपबाट पनि सहभागीहरु आउने बताइएको छ ।
आफ्नो उम्मेदवारीको सिलसिलामा साथीहरुको राय बुझ्न विश्व भ्रमणमा गएका आचार्यले बेलायत फर्केपछि त्यस्तो घोषणा गर्न लागेका हुन् । ‘बेलायत एनआरएन अभियानको जन्म थलो पनि हो । त्यसैले आदरणीय अग्रजहरु तथा संसारभरि रहनु भएका शुभचिन्तक तथा मित्रहरुसंग सरसल्लाह गरी एनआरएन अभियानलाई नयां गति र दिशा दिने अठोटका साथ मैले केन्द्रिय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्न लागेको हुं । विगतमा झैँ यो अभियानमा पनि सबै अग्रजहरु, मित्रहरु र शुभचिन्तकहरुको साथ, सुझाव र समर्थन पाउनेमा म विश्वस्त छु’- आचार्यले भने ।
आगामी अक्टोबर महिनामा गैर आवासीय नेपाली संघको काठमाडौँमा हुने नवौं विश्व सम्मेलनले नयां नेतृत्व चयन गर्नेछ ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे