लण्डन । नेपाली संस्कृति केन्द्र, बेलायत तथा पीएसके आर्टको संयोजकत्वमा ‘नेपाल यात्रा (यात्रा)’ कला प्रदर्शनी हुने भएको छ । बेलायतको हथ थियटरमा हुने प्रदर्शनीमा कलाकारहरू पि. सिंह तथा रोषलिन सिंहका चित्रका माध्यमबाट नेपाल र नेपाली संस्कृति प्रबर्धन गर्ने लक्ष्य राखिएको छ ।
“बुबा र छोरीको यो कलाकार जोडीले स्केच, पानी रंग र एक्रिलिक पेन्ट्सको माध्यमबाट नेपालको प्राकृतिक सुन्दरता, नेपाली कला तथा संस्कृतिबारे चिनाउने प्रयत्न गर्दैछन्”- नेपाली संस्कृति केन्द्रका अध्यक्ष निर्मलकुमार थापाले भने ।
नेपाली संस्कृति केन्द्र, बेलायतकी परियोजना संयोजक डा. संगीता श्रेष्ठका अनुसार वास्तुगत रूपमा धनी प्राचीन मन्दिर तथा मठहरू, विभिन्न जातीय समूहहरूको प्रतिनिधित्व गर्ने चित्र र परम्परागत पोशाक अदिको प्रदर्शनीले नेपालप्रति जागरूकता जगाउने र बेलायतवासीलाई नेपालबारे जानकारी गराउँदै नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने सो प्रदर्शनीको उद्देश्य छ ।
“विभिन्न आकारका ४० वटा कलाकृति २४ सेप्टेम्बरदेखि १० अक्टुबरसम्म द हथ थियटरमा प्रदर्शन गरिनेछ”- पेशाले सफ्टवेयर इञ्जिनियर पि. सिंहले भने । उनी आफ्नो फूर्सदको समयमा शौखको रूपमा पेन्टिङ गर्ने गर्दछन् ।
“हामी धेरै आशावादी छौं कि प्रदर्शनीले केही हदसम्म बेलायतमा नेपाललाई प्रबर्धन गर्न मद्दत पुर्याउनेछ र नेपाल सरकारको ‘नेपाल भ्रमण २०२०’ अभियानमा पनि केही योगदान पुर्याउनेछ”- उनले भने ।
अर्का कलाकार १५ वर्षिया रोषलिन सिंह बेलायतको निजी स्कूल वर्थमा ११ कक्षाकी विद्यार्थी हुन् । उनी आफ्नो कलाकृति प्रदर्शनमा आफ्नो बुवासँग सामेल हुन पाएकोमा आफूलाई भाग्यशाली ठान्छिन् । रोषलिन बाल्यकालदेखि नै चित्रकलामा सौखिन थिइन् र प्राथमिक बिद्यालयमा हुँदा नै बेलायतमा प्राथमिक तहका बिद्यालय स्तरीय ‘व्हेलफेस्ट कला प्रतियोगिता’ जितेकी थिइन् ।
“मलाई लाग्छ कि मेरो जीसीएसईको लागि कला विषय लिनुले वास्तवमै मलाई ठूलो सुधार गर्न मद्दत गरेको छ किनकि म कलाको नयाँ शैलीहरू सिक्दै छु, नयाँ चीजहरूको प्रयोग गर्दा म उत्साहित हुने गर्दछु । र, बिभिन्न कलाकारहरूको बारेमा सिक्दैछु पनि । सबैको शैली फरक छ”- रोषलिनले भनिन् ।
थप जानकारीको लागि सम्पर्क-
ईमेल: [email protected]
फोन: 07454840775
49, Belgravia House, Longfield Avenue,
London W5 2BE
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे