
लन्डन । लन्डनस्थित नेपाली दूतावासले शुक्रबार चौंथो संविधान तथा राष्ट्रिय दिवस मनाएको छ । दूतावास प्रांगणमा विदेशी तथा नेपाली समुदायको उल्लेखनीय उपस्थितिमा समारोह भएको हो ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी ब्रिटिश सांसद तथा सर्वदलीय संसदीय समूह, नेपालका अध्यक्ष बीरेन्द्र शर्माले बेलायत नेपाल दुई शताब्दी यताको प्रगाढ सम्बन्धबारे चर्चा गरे । सांसद शर्माले हालैमात्र नेपालका प्रधानमन्त्री केपी ओलीले बेलायत भ्रमणले दुई देशबीचको सम्बन्धमा थप उचाईं बढेको पनि उल्लेख गरेका थिए । उनले आफू पटक पटक नेपाल भ्रमणमा गएको स्मरण गर्दै नेपाल सरकारको ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान विश्वका धेरै पर्यटक आकर्षित गर्ने एउटा अवसर भएको पनि जनाए ।
अतिथी फरेन कमनवेल्थ अफिस (एफसीओ) का दक्षिण एसिया निर्देशक ग्यारेथ बेलीले एक दशकयता नेपालले ऐतिहासिक राजनीतिक उपलब्धि हासिल गरेको बताउंदै प्रजातिन्त्रक तथा समावेशी संविधान जारीपछि नेपाल आर्थिक, सामाजिक विकासतर्फ अगाढि बढेको धारणा राखे । निर्देशक बेलीले संविधान दिवसको शुभकामना दिंदै राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायत नेपाल सम्बन्ध थप मजवुत बनाउन, नेपालको पर्यटन प्रवर्धन र बेलायती व्यवसायीहरुलाई नेपालमा व्यापार तथा लगानीका लागि ठूलो कसरत गरेको पनि स्मरण गरे ।
अतिथीहरुको स्वागत गर्दै राजदूत डा. दुर्गाबहादुर सुवेदीले दुई देशबीचको शताब्दीऔं लामो सम्बन्धका विविध आयामबारे चर्चा गरे । राजदूतले नेपालको प्राकृतिक सौन्दर्यको वर्णन गर्दै बेलायतीलाई ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान सफल बनाउन अपिल पनि गरे । उनले नेपाल भ्रमणका लागि शान्त, सुरक्षित र उत्कृष्ट होलिडे गन्तव्य भएको पनि बताए ।
उक्त समारोहमा नेपाली समुदायसहित करिब तीन दर्जन बेलायती सांसद, विदेशी कुटनीतिज्ञ, राजदूत, मेयर, काउन्सिलर, उद्योगी व्यापारी, समाजसेवी लगायत गरि ५ सय बढिको सहभागिता थियो । कार्यक्रममा ‘ब्रिगेड अफ गोर्खाज’ र स्थानीय कलाकारले नेपाली मौलिक नाच तथा गीत संगीत प्रस्तुत गरेका थिए ।
तस्विर सौजन्य- नेपाली दूतावास लन्डन
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे