एनआरएनए महासचिवमा डा. हेमराज शर्माको उम्मेदवारी

लण्डन । गैरआवासीय नेपाली संघको अभियानमा विगत १४ वर्षदेखि क्रियाशिल एक जना बुद्धिजिवी डा. हेमराज शर्माले एनआरएनए महासचिवमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार सांझ अल्डरसटमा एक पत्रकार सम्मेलन गरि गैर आवासीय नेपाली संघका सल्लाहकार एवं युनिभर्सिटी अफ लिभरपुलका सह-प्राध्यापक डा. शर्माले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
विधान समितिका संयोजक शर्माले अग्रजहरुको सल्लाहपछि ‘एक्जुकेटिभ’ पदमै काम गर्ने सोच बनेर उम्मेदवारी दिने निर्णय गरेको जनाए । एकेडेमिक करिअरसंगै सोसाइटीसंग जोडिरहने इच्छाले कार्यकारी पदमा काम गर्ने आफ्नो आकांक्षा रहेको शर्माको प्रष्टोक्ति छ ।
पत्रकार सम्मेलनमा शर्माले आफ्नो ७ निर्देशक सिद्धान्त (मन्त्र) प्रस्तुत गर्दै प्रतिवद्धता सार्वजनिक गरे । ति मन्त्रमा सबैको एनआरएनए, सवल र बहुआयामिक एनआरएनए, स्मार्ट एनआरएनए, परिणाममुखी एनआरएनए, दिगो एनआरएनए, सिप, ज्ञान र नवप्रवर्धनका लागि एनआरएनए र उत्तरदायी र पारदर्शी एनआरएनए छन् । प्रतिवद्धतामा एनआरएनएलाई कसरी प्रभावकारी रुपमा लैजान सकिन्छ र यसमा सबैको अपनत्व हुन्छ भन्ने खुलाइएको छ । 
गैर आवासीय नेपाली संघको नवौं विश्व सम्मेलन आउंदो १५ देखि १७ अक्टोबरसम्म काठमाडौंमा हुंदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री