लन्डन । नेपाली भाषा तथा सांस्कृतिक केन्द्र, बर्न्टओकले यो शैक्षिक सत्रदेखिनेपाली बालबालिकाहरुका लागि नि:शुल्क नेपाली कक्षा शुरु गरिएको जनाएको छ।
केन्द्रका अध्यक्ष सुमन प्रधानले केन्द्रसंग अहिले आफ्नै श्रोत पनि रहेको र अभिभावकहरुलाई थप आर्थिक भार नपरोस भन्ने उद्देश्यले नेपाली कक्षा नि:शुल्क गरिएको बताए। उनले सबै अभिभावकहरुलाई आआफ्ना छोरा छोरी नेपाली कक्षामा पठाएर बालबालिकाको समग्र व्यक्तित्व विकासमा सघाउन आग्रह पनि गरे।
यस अघि केन्द्रले नेपाली नयां वर्ष २०७६ को अवसरमा लन्डनमा शुभकामना आदानप्रदानसहित एक च्यारिटी कार्यक्रम गरेको थियो । नेपाली भाषा तथा सांस्कृतिक केन्द्रले गएको २ वर्ष भन्दा बढी समयदेखि बालबालिकाहरुलाई नेपाली लेख्न, पढ्न र बोल्न सिकाउने उद्देश्यले नेपाली कक्षा संचालन गर्दै आएको छ ।
हरेक शनिबार संचालन गरिने सो कक्षामा आधा घण्टा योग र ध्यान तथा आधा घण्टा नेपाली संगीत पनि सिकाइन्छ ।यस बाहेक केन्द्रले बालबालिकाका लागि नेचर वाक, खेलकुद तथा नृत्य प्रशिक्षण आदि पनि संचालन गर्ने गरेको छ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे