लन्डन । बेलायती तथा नेपाली व्यवसायीहरुको एउटा संगठन ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बिएनसीसी) को अध्यक्षमा डा. कपिल रिजाल सर्वसम्मत चुनिएका छन् । मंगलबार सांझ लन्डनमा भएको संस्थाको वार्षिक साधारणसभाले बेलायतको सरी हिथ पार्लियामेन्ट्री विजनेश क्लब (स्ट्रेन्जेज ग्यालरी) का अध्यक्ष डा. रिजाललाई बिएनसीसी अध्यक्ष चयन गरेको हो ।
बेलायतका एक सफल दन्त व्यवसायी डा. रिजाल प्रोपर्टी व्यवसायी र केही म्यूजिक भिडियो निर्देशक तथा निर्माता पनि हुन् ।
अध्यक्षको जिम्मेवारी पाएपछि डा. रिजालले बेलायतबाट नेपालमा लगानी भित्रयाउन पहल गर्ने, दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने, विभिन्न ट्रेड डेलिगेशनमार्फत व्यापार तथा लगानीका सम्भाव्यता पहिल्याउने र सेमिनार तथा अन्तरक्रिया गरिने प्रतिवद्धता व्यक्त गरे । नयां कार्यसमिति बैठकले छिट्टै भावी कार्यक्रमबारे तय गर्ने पनि उनले जानकारी दिए ।
साधारणसभाले उपाध्यक्षद्वयमा बिराज भट्ट र अलान मर्सेल सान्का, कोषाध्यक्षमा इन्द्र गिरी, अनरेरी चिफ एक्जुकेटिभमा रिचार्ड पेलीलाई चयन गरेको छ ।
त्यसैगरि, कमिटी सदस्यहरुमा दीपक श्रेष्ठ, नाडिया विलियम्स्, सन्तोष मण्डल, अन्जानी फुयाल, बी पी खनाल, बसन्त नेपाल र कमल पौडेल छानिएका छन् ।
आदम गिलक्रिस्ट अनरेरी प्रेसिडेन्टमै रहेका छन् भने एन्थोनी विलर र राजन कंडेललाई अनरेरी उपाध्यक्षमा राखिएको छ । नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी बिएनसीसीको संरक्षक छन् ।
साधारणसभामा निवर्तमान अध्यक्ष राजन कंडेलले संस्थाले गरेका गतिविधिबारे प्रकाश पारेका थिए । कोषाध्यक्ष इन्द्र गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।
कार्यक्रममा दूतावासका थर्ड सेक्रेटरी तेजेन्द्र रेग्मीले दूतावासले विगतमा पनि बिएनसीसीसंगको सहकार्यमा नेपाल विकास सम्मेलन लगायत कार्यक्रम गरिसकेको र भावी दिनमा उस्तै सहकार्य रहने विश्वास व्यक्त गरे । उनले नेपाल सरकारले समृद्ध नेपाल, सुखी नेपालीको नारासहित विकासशील देश बनाउने योजना तय गरिसकेकाले यसमा बिएनसीसीको महत्वपूर्ण भूमिका हुने आशा पनि व्यक्त गरेका थिए ।
तस्विर- शिव भण्डारी
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ