लन्डन । बलिउड भर्सटायल गायक सोनु निगमको बेलायत कन्सर्टमा नेपाल प्रवर्धन गरिएको छ । बेलायतमा आयोजित तीन बेग्ला बेग्लै कन्सर्टमा नेपाली कला, संस्कृति, परम्परा र प्राकृतिक सौन्दर्य झल्कने गरि प्रवर्धनात्मक सामाग्री देखाइएको हो ।
सोनुको पहिलो शो लिड्समा १० हजार, दोश्रो लेस्टरमा ३ हजार र सबैभन्दा वृहत शो वेम्ली एरिनामा करिब १० हजार दर्शकले कन्सर्ट अवलोकन गरिरहंदा नेपाल झल्कने भिडियो सामाग्री प्रस्तुत गरिएको थियो ।
कन्सर्ट प्रायोजन गरेको नेपाल फुड्सले नेपाल सामाग्री प्रवर्धनको चांजोपांजो मिलाएको हो । नेपाल फुड्सका ब्राण्ड निर्देशक विकास नेपालले खचाखच भरिएको कन्सर्टमा आफ्नो कम्पनीका नेपाली खाद्य वस्तुमात्र प्रवर्धन नगरि नेपाल, नेपाली संस्कृति, परम्परा, सगरमाथा, गोर्खा जस्ता सामाग्री देखाइएको जनाए ।
आइतबार वेम्ली एरिनामा भएको कन्सर्टमा राजदूत डा. दुर्गाबहादुर सुवेदी पनि दर्शकका रुपमा उपस्थित भए । राजदूत सुवेदीले नेपाल फुड्सले पर्यटन वर्षको प्रचार हुने गरि भिडियो सामाग्री प्रदर्शनको व्यवस्था मिलाएकामा धन्यवाद दिएका थिए ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ