लन्डन । एनआरएनए यूकेको नयां कार्यसमिति चयनका लागि शनिबार सांझ सम्पन्न निर्वाचनको मतगणना बुधबारदेखि हुने भएको छ ।
अध्यक्षका एकजना प्रत्यासी शेर सुनार समूहले बेजिङस्टोक बुथमा धांधली भएको भन्दै मतगणना बहिष्कारपछि अवरुद्ध गणना प्रक्रिया बुधबारदेखि थालिने निर्वाचन प्रमुख आयुक्त मेजर रिटायर्ड डमर घलेले जानकारी दिएका हुन् ।
‘पुनम गुरुङ पक्षबाट ६० जना स्वयंसेवक उपलब्ध भएपनि शेर समूहले असहयोग गरेका कारण गणनामा समस्या भइरहेको छ’, घलेले लन्डनस्थित पत्रकार ध्रुवराज अर्यालसंगको अन्तर्वार्तामा भनेका छन्, ‘हामीलाई कम्तीमा १५० जनासम्म भोलेन्टियर चाहिन्छ । यदि प्रत्यासीहरुले उपलब्ध नगराए हामी बेलायतका प्रमुख सामाजिक संघसंस्थासंग स्वयंसेवक जुटाइदिन आव्हान गरेर पनि यही बुधबारदेखि मत गन्न शुरु गर्नेछौं ।’
धांधली भन्दै निवेदन परेको बेजिङस्टोक बुथको बांकी राखेर पहिला अन्यत्रको गन्ने तयारी निर्वाचन समितिको छ । स्कटल्याण्ड, नर्दन आयरल्याण्ड र वेल्सको मत भने गणना भइसकेको छ । अब इंग्ल्याण्डका १० बुथको मत गन्न बांकी छ । शेर समूहले गणना बहिष्कार गरेपनि पुनम समूहले हजारौं मतदाताको भावनामाथि खेलवाड नगर्न चेतावनीसहित गणना तत्काल थाल्न दवाव दिइरहेको छ । यद्यपि शेर समूहलाई पनि समावेश गरेर लैजान छलफल जारी रहेको बताइएको छ ।
‘ढुक्क बस्नुस्, मेरो टिमले जिम्मेवारीपूवर्क काम गरिरहेको छ’, घलेले आश्वस्त पारेका छन्, ‘गन्न बांकी ब्यालेट बक्सहरु हामीले सेक्युरिटी अलार्मसंगै सिसिटिभी रहेको एम्पायर हलकै एक बन्द कोठामा सुरक्षित राखेका छौं ।’
घलेले निर्वाचन आयुक्त, एनआरएनए केन्द्रिय पदाधिकारी, सल्लाहकार, प्रत्यासीहरु र अन्य सामाजिक अभियन्ताहरुको रोहबरमा भिडियो प्रमाणसहित ति बाकस सुरक्षित राखिएको जनाए ।
मतगणनामा ढिलाईं हुंदा जनआक्रोश र केन्द्रिय दवाव पनि बढेको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण