लण्डन । गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्यले निर्वाचन प्रक्रिया प्रजातान्त्रिक अभ्यासको एउटा अनुपम नमुना भएको बताएका छन् । शनिबार बिहान एनआरएनए युके निर्वाचनमा साउथ ह्यारो केन्द्रबाट मतदान गर्दै आचार्यले निष्पक्ष र शान्तिपूर्ण निर्वाचनको कामना पनि गरे ।
आचार्यले बेलायत एनआरएन पन्जिकृत सदस्यका हिसाबले विश्वकै ठूलो शाखा बनेकामा आफूलाई भाग्यमानी लागेको बताउंदै शाखाको उचाइँ थप बढोस् भन्ने शुभकामना पनि दिए ।
यसपटक बेलायत एनआरएनमा मतदाता संख्या १३ हजार ६ सय २९ छ ।
आचार्य एनआरएनए केन्द्रिय अध्यक्षका प्रत्यासी पनि हुन् । उनले आफ्नो उमेद्ववारी पनि छिट्टै घोषणा गर्ने जनाउ दिए । १२ वर्षसम्म कमिटीमा रहेर काम गरेका आचार्य दर्हो आत्मबिश्वासका साथ महिना दिनयता विश्व भ्रमणमा व्यस्त छन् ।
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै