
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारी बेलायत उत्रिएका छन् । आगामी निर्वाचनमा एनआरएनए आइसिसीको उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका अधिकारी चुनाव प्रचारका लागि बेलायत उत्रिएका हुन् ।
अस्ट्रेलियालाई कर्मस्थल बनाएर सामाजिक कार्यमा सक्रिय अधिकारीले एनआरएनए ओसेनिया क्षेत्रीय संयोजक भएर काम गरिसकेका छन् । एनआरएनए यूकेको निर्वाचन हुन एक दिन अघि यहाँ आइपुगेका उनले बेलायत बसाईका क्रममा एनआरएनए अभियन्ता तथा बेलायतबाट एनआरएनए निर्वाचनका लागि नेपाल जाने प्रतिनिधिसँग भेट गर्ने योजना बताएका छन् ।
उक्त भेटमा आइसीसी उपाध्यक्ष पदमा उम्मेदवार हुनु तथा उपाध्यक्ष जितेपछि गर्ने कामका बारेमा विस्तृत जानकारी गराउने उनले वीनेपालीलाई बताए । आइसीसी उपाध्यक्ष उम्मेदवार अधिकारीले भने, ‘हामीलाई थाहा छ मातृभूमिको सेवाबाट मात्र हाम्रो मनलाई पूर्ण सन्तुष्टि प्राप्त हुन्छ । यसैकारण हामीले विदेशमा आर्जन गरेको ज्ञान, सीप र दक्षता नेपालको नयाँ पुस्तालाई हस्तान्तरण गर्न चाहन्छौं । हामी विदेशमा कमाएको पूँजीको केही अंश नेपालमा लगानी गर्न चाहन्छौं ।’
गैरआवासीय नेपाली संघको नवौं अधिवेशन तथा विश्व सम्मेलन आगामी अक्टोबर १५ देखि १७ तारिखसम्म काठमाडौँमा हुँदैछ । यो सम्मेलनले ८० देशभन्दा बढिका प्रतिनिधिहरूको सहभागितामा नयाँ नेतृत्व चयन गर्नेछ । यसपटक अध्यक्षमा कुल आचार्य र कुमार पन्तबीच प्रतिष्पर्धा हुने ठानिएको छ ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे