एनआरएनए यूके महिला संयोजकमा ‘वोल्ड क्यारेक्टर’


लन्डन । आगामी शनिवार हुन गैरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचनमा महिला संयोजकमा एक सशक्त र सक्षम महिला क्षमता ढकाल मैदानमा उत्रिएकी छिन् । एनआरएनए यूकेको आगामी १४ सेप्टेम्बरमा हुने निर्वाचनमा निडर र ‘वोल्ड क्यारेक्टर’ भएकी ढकाल मैदानमा उत्रिएकी हुन् ।

सामाजिक अभियन्ता ढकाल यतिवेला निर्वाचन प्रचार अभियानमा बेलायतभर घुमिरहेकी छिन् । बुधबार साउथ इस्ट लन्डनमा आयोजित कार्यक्रममा उनलाई धेरैले अग्रिम शुभकामना दिए । महिला ससक्तिकरणका लागि जहाँ जुनसुकै फोरममा पनि निर्धक्क कुरा राख्न सक्ने ढकालले महिला संयोजक पद ‘डिजर्भ’ गर्न सक्ने एनआरएनएका अभियन्ताहरु बताउँछन् ।

नेपाली राजनीतिका सत्तापक्ष र प्रतिपक्षका कतिपय प्रभावशाली नेताहरुसँग ढकालको चिनाजानी छ । ढकालले महिला संयोजकमा निर्वाचित भए नागरिकता निरन्तरता, गोर्खाहरुका असमान पेन्सन आन्दोलन र सम्पत्तीको अधिकारका बारेमा राम्रो ‘लविङ’ गर्न सक्ने एक अभियन्ताले बताए । ‘नागरिकता निरन्तरता, सम्पत्ति माथिको अधिकार र गोर्खाका समस्या समाधानका लागि नेपालसँग राम्रो सम्बन्ध भएका क्षमतावान व्यक्ति एनआरएनए यूकेमा जरुरी छ’, उनले भने ।

एनआरएनए यूकेमा महिला संयोजक पदमा उम्मेदवारी घोषणा गरेपछि भूतपूर्व प्रधानमन्त्री झलनाथ खनाल, पर्यटनमन्त्री योगेश भट्टराई, नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाललगायतले उनलाई सामाजिक संजालमार्फत शुभकामना र सहयोगको प्रतिवद्धता व्यक्त गरेका थिए । त्यसवाहेक घरपरिवारबाट उनलाई एनआरएनए मार्फत समाजसेवा गर्न प्रोत्साहन मिलेको बताइन् ।

उनी महिला ससक्तीकरणका लागि पनि बेलायतस्थित समुदायले सहयोग गर्नेमा आशावादी छिन् ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री