
लन्डन । एनआरएनए यूकेको सदस्य, कार्यालय सचिब, प्रबक्ता र पूर्व उपमहासचिव हूँदै लामो समय गैरआवासीय नेपाली संघ बेलायतमा योगदान गरेका अर्जुन कटुवाल मतपत्रको एक नम्बरमै परेका छन् ।
एनआरएनए अभियानका कार्यक्रमहरु मध्ये सदस्यता अनलाइन प्रणालीमा ब्यबस्थित गर्ने र हाल कायम रहेका सदस्यहरुलाई शुल्क बुझाउनसाथ नबीकरण हुने थप कागजात बुझाउनु नपर्ने एजेण्डासहित चुनावी मैदानमा उत्रिएका कटुवाल ‘अल्फावेटिक अर्डर’ मा नम्बर एकमा परेका हुन् ।
नागरिकता निरन्तरता, सम्पत्तिको सुरक्षामा सुनिश्चितता गराउन पहल गर्ने, कानूनबिदहरुको वर्कसप गरि आबश्यक ऐन नियममा ब्यबस्था गर्न नेपाल सरकारसंग एनआरएन आईसीसी मार्फत पहल गर्ने र एनसिसि तथा आईसिसिका उम्मेदबारहरुको शुल्क घटाउने प्रतिवद्धता उनको छ ।
लेखा व्यवसाय र मिडियामा संलग्न कटुवाल सन् २००७ मा बेलायत आएदेखि नै एनआरएनए अभियानमा सक्रिय छन् । चुनावी अभियानमा बेलायतभरका नेपालीसँग प्रत्यक्ष भेटघाटपछि थप उत्साहित बनेका कटुवालले मतपत्रमा एक नम्बरमा भए जस्तै धेरै मत पाएर निर्वाचित हुने विश्वास व्यक्त गरेका छन् ।
३० डिसेम्बरमा बीसीसी यूकेले तमु ल्होछार मनाउने, उपस्थित हुन बेलायतवासी नेपालीलाई आग्रह
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?