लन्डन । एनआरएनए यूकेको यही शनिबार हुन लागेको निर्वाचनले कस्तो नेतृत्व चुन्ला भन्नेबारे आममानिसको चासो हवात्तै बढेको छ । १३ हजार ६ सय बढि मतदाता भएकाले पनि यसपटकको निर्वाचन थप रोचक र प्रतिष्पर्धात्मक बन्ने भएको हो । आसन्न निर्वाचनमा केही सक्षम उम्मेदवारहरु पनि मैदानमा छन् र ति मध्ये एक हुन् कोपिला सुब्बा ।
कोपिला अहिले केवल सदस्यको उम्मेदवार हुन् । तर, एनआरएन अभियान र सामाजिक कार्यमा सक्रियता हेर्दा उनले अझ उच्च जिम्मेवारी ‘डिजर्भ’ गर्ने अभियन्ताहरु बताउंछन् । ‘कोपिला जस्ता कर्मशील, निडर र जुझारु महिला अभियन्ता एनआरएनए यूकेलाई एकदम खांचो छ’, एक अभियन्ता भन्छन्, ‘सूर्य गुरुङको पालामै सदस्य भइसकेकी कोपिला पदको लोभभन्दा काम गर्ने भावनाले यसपटक फेरि अगाडि सरेकी हुन् । नत्र उनले ठूलै पद ताक्नुपर्ने, त्यसकारण हामी सबैले उनलाई साथ दिनुपर्छ ।’
‘मिडिया पब्लिसिटी’ बाट टाढै रहेकी उनले अहिलेसम्म न सस्तो चुनावी अभियान अंगालिन्, न कसैप्रति आक्षेप र टिकाटिप्पणी गरेर आफूमात्र राम्रो भनिन् । ‘समावेशी, सक्षम व्यक्तिहरुको कार्यसमिति बनाउने हाम्रो इच्छा हो’, कोपिला भन्छिन्, ‘संस्था र समाजका लागि राम्रो हुन्छ भने मैले व्यक्तिगत स्वार्थ हेर्नु हुन्न भनेर सदस्यमा उम्मेदवारी दिएकी हुं । आशा छ सबैको समर्थन प्राप्त हुनेछ ।’
स्वीन्डन समाज, किरात याक्थुङ चुम्लुङ यूके लगायत संघसंस्थामा रहेर उनले धेरै प्रभावकारी काम गरिसकेकी छन् । मार्केटिङ कम्युनिकेशनमा स्नातकोत्तर उत्तिर्ण उनलाई बौद्धिक र राजनीतिक चेत भएको महिला पनि मानिन्छ ।
सन् २००७ देखि बेलायत बस्दै आएकी उनी नेपाली समुदायसंग निकट छन् । उनले आउंदो शनिबार मतदान गरेर आफूलाई जिताइदिन अपिल गरेकी छन् ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे