लन्डन । क्रोयडन नेपलिज कम्युनिटी यूकेका संस्थापक अध्यक्ष ध्रुवहरि बास्कोटा एनआरएनए यूके इंग्ल्याण्ड राज्य परिषदको कोषाध्यक्ष पदका लागि अहिले चुनावी मैदानमा छन् । आउंदो साता १४ सेप्टेम्बरमा हुन लागेको निर्वाचनमा सक्षम, कर्मशील र अनुभवी उम्मेदवार ठानिएका उनी अग्रपंक्तिमा पनि छन् ।
एनआरएनलाई सबैको साझा संस्थाको रुपमा विकास र प्रवर्धन गर्न यस संस्थाको सदस्य बढाउंदै सदस्यता प्रक्रियालाई सरल, सहज र प्रभावकारी बनाउन पहल गर्ने, आर्थिक पारदर्शीतालाई पहिलो प्राथमिकता दिइ संस्थाको आय श्रोत जुटाउन प्रभावकारी पहल गर्ने, बेलायतमा रहेका अन्य सम्पूर्ण संघसंस्था, नेपाली दूतावास, स्थानीय काउन्सिल र नेपाल सरकारबीच समन्वय गर्दै एनआरएनएलाई सम्पूर्ण नेपालीहरुको एकमात्र साझा संस्थाको रुपमा विकास गर्दै लैजान आफ्नो व्यवसायिक तथा व्यक्तिगत सञ्जालको सक्दो सदुपयोग गर्दै अगाडि बढ्ने आदि एजेन्डा उनले लिएका छन् ।
सन् २००५ मा बेलायत आएका वरिष्ठ समाजसेवी बास्कोटा सन् २००७ देखि क्रोयडनमा स्थायी रुपमा बसोवास गर्दै आएका छन् । सन् २०११ मा समाजसेवा गर्ने मनोकांक्षा अझ सशक्त रुपमा अगाडि बढाउन आफ्नै पहलमा उनले क्रोयडन नेपलिज कम्युनिटी यूके स्थापना गरे । सन् २०११ देखि ०१७ सम्म अनवरत रुपमा अध्यक्षको पदमा रही विभिन्न सामाजिक, शैक्षिक तथा सांस्कृतिक कार्यक्रमलाई बढावा मात्र होइन, क्रोयडन वरपर बसेका सम्पूर्ण नेपालीलाई एकतावद्ध गर्ने श्रेय पनि उनैलाई जान्छ ।
केही वर्ष देखि उनले स्थानीय सांसद तथा काउन्सिलरहरुसंग सहकार्य गर्दै क्रोयडन नेपलिज कम्युनिटी यूकेलाई साझा नेपाली संस्थाको रुपमा स्थापित गर्न सफल भएका छन् । नेपालमा पाटन संयुक्त क्याम्पसबाट अर्थशास्त्रमा स्नातक तहको शिक्षा हासिल गरेका बास्कोटाले पूर्व प्रहरी परिवार मञ्च यूकेको सह-कोषाध्यक्षको पद सफलतापूर्वक सम्हालिसकेका छन् । उनी क्याट यूकेको आजीवन सदस्य पनि हुन् ।
बास्कोटाले आफूलाई मत दिएर जिताइदिन सबैमा अपिल गरेका छन् ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे