लण्डन-एनआरएनए सह-कोषाध्यक्ष सोम सापकोटाले आर्थिक रुपमा संस्थालाई बलियो बनाउने योजनासहित आगामी कार्यकालका लागि कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
‘संस्थाका लागि आर्थिक पाटो महत्त्वपूर्ण छ तर तत्काल रिजल्ट आएको छैन, धेरै प्रोजेक्टमा कमिटमेन्ट भएको छ, तर पैसा उठेको छैन । मेगा प्रोजेक्टको अवस्था उस्तै छ र योजनाहरु आर्थिकरुपले माइनसमा छन् । तर पनि यसको व्यवस्थापन गर्न सकिन्छ, त्यसको सुरुवात म गर्छु’- सापकोटाले भने ।
गैर आवासीय नेपाली संघको सहकोषाध्यक्षमा रहेर जिम्मेवारी पुरा गरेका सापकोटाले बांकी रहेका अधुरा योजना सम्पन्न गर्नुका साथै आर्थिक रुपले सम्पन्न एनआरएनए निर्माण अभियानमा समर्पित हुने उद्देश्यसहित कोषाध्यक्षमा उम्मेदवारी दिन लागेको जानकारी गराए ।
सन् १९९६ देखि स्वीजरल्याण्डबाट प्रवासी जीवन सुरु गरेका सापकोटाले २००६ मा गैर आवासीय नेपाली संघ पोर्तुगलको कार्यसमिति सदस्य, २००९ -११ डेनमार्कको संस्थापक अध्यक्ष, २०११ -१३ गैर आवासीय नेपाली संघ केन्द्रीय सदस्य साथै २०१३-१५ यूरोप सहसंयोजक र २०१५ -१७ केन्द्रीय सदस्यमा रहेर सकुशल संस्थागत जिम्मेवारी पुरा गरेका छन् ।
मौजुदा कार्यसमितिमा निडर, सकृय र गैर आवासीय नेपाली संघलाई नजिकबाट बुझेको सदस्यको रुपमा सापकोटाले आफूलाई स्थापित गरेका छन् । संस्थामा सबै खाले एनआरएन र संसारका सबै क्षेत्रबाट केन्द्रिय समितिमा प्रतिनिधित्व हुनुपर्ने साथै वैदेशिक रोजगारबाट गैर आवासीय नेपाली संघको शुरुआत हुने हुनाले एनआरएनएको भूमिका वैदेशिक रोजगारको व्यवस्थापन सहयोगमा हुनुपर्ने उनको जिकिर छ ।
वर्तमान कार्यसमितिमा रहंदा सापकोटाले नेपाल टुरिज्म प्रमोसन कमिटीको संयोजकका साथै वैदेशिक रोजगार कल्याणकारी कोषको संयोजकको पदमा रही रचनात्मक काम गरेका छन् ।
यूरोपको २५ वर्षको बसाइ अनि एनआरएनएको स्थापनाकाल देखि नै सक्रिय सापकोटाले विभिन्न खाले सामाजिक कार्य गरि समाज र मातृभूमिप्रति आफ्नो जिम्मेवारी पुरा गरिरहेका छन् ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे