लन्डन । आगामी नेतृत्वका लागि जनमत बटुल्न देश दौडाहामा लागेका एनआरएनए केन्द्रिय उपाध्यक्ष आचार्यले कुमार पन्त र आफ्नो सहमति भइसकेको भन्ने हल्ला नफैलाउन आग्रह गरेका छन् । एनआरएनए यूकेको नवौं महाअधिवेशन उद्घाटनका क्रममा शनिबार अल्डरसटमा आचार्यले राम्रोसंग हांसी खुशीले चुनाव लड्ने र जित्नेलाई सहयोग एवं हार्नेलाई सम्मान गर्ने आफूहरुबीच सहमति भएको प्रष्टयाए । ‘मैले १२ वर्ष कमिटीमा काम गर्दा नराम्रो गरेको भए गाली गर्नुहोस् । तर, संस्थामा मैले निष्ठापूर्वक काम गरेको मुल्यांकन गर्ने जिम्मा अब तपाईंहरुलाई छोडेको छु’- उनले भने ।
टोकियो समितिको अधिवेशन सकेर १८ घण्टाको यात्रापछि कार्यक्रममा आइपुगेका संघका केन्द्रिय उपाध्यक्ष आचार्यले बेलायत एनआरएन पन्जिकृत सदस्यका हिसाबले विश्वकै ठूलो शाखा बनेकामा आफूलाई भाग्यमानी लागेको बताउंदै बेलायतको शिर उचो राखिराख्न नयां नेतृत्वलाई शुभकामना दिए । बेलायत एनआरएनको एउटा सशक्त देश हुनु गर्वको कुरा रहेको पनि उनले बताए । ‘एनआरएन हाम्रो, बनाउं राम्रो’ भन्ने आफ्नो नारा अहिले धेरै उम्मेदवारले बोकेकामा खुशी लागेको पनि उनले उल्लेख गरे ।
एनआरएनए केन्द्रिय अध्यक्षका प्रत्यासी आचार्यले १२ वर्षसम्म कमिटीमा रहेर काम गर्दा आफ्नो आत्मालाई धोका दिने र नराम्रो काम कहिल्यै नगरेको बताउंदै उनले भने, ‘म तलबाट आएको मान्छे, सिक्दै छु । अझै सिकेर केही गर्ने इच्छा छ, यसमा मलाई साथ दिनुहोस् ।’
बेलायतमा आफूले धेरै च्यारिटी कार्य गरेको स्मरण गर्दै ग्लोवल च्यारिटी टास्क फोर्सका संयोजक आचार्यले एनआरएनए यूके समितिलाई फाउण्डेशनको अवधारणा ल्याउन सुझाए । संविधानले गैर आवासीय नेपाली नागरिकता व्यवस्था गरेपनि कानून बन्दै गर्दा त्यसमा चनाखो हुन पनि उनले जोड दिए । डायस्पोरासंग भएको पूंजी, ज्ञान सीप नेपाल लैजान अनुकुल कानून बनाउन सबैको सहयोग आवश्यक रहेको उनको धारणा थियो ।
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे
नेपालमा प्रतिनिधिसभा निर्वाचन : पाँच स्थानमा महिला उम्मेदवार विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति