लन्डन – बेलायतमा गएको १३ वर्ष देखि रेस्टुरेन्ट व्यवसाय गर्दै आएका मोहन ओलीले १४ सेप्टेम्वरमा हुन गइरहेको एनआरएनए युके इङ्ल्यान्ड राज्यसमिति सदस्यमा उम्मेदवारी दिएका छन् । अहिले उनले प्रचारप्रसारका लागि घरदैलो पनि गरिरहेका छन् ।
दाङमा जन्मिएका ओली सामाजिक काममा पनि सकृय छन् । नेप्लिज सेफ एसोसिएसन युकेको संस्थापक उपाध्यक्ष समेत रहेका ओलीको सकृयतामा नेपालमा विभिन्न परोपकारी कामहरु भएका छन् ।
एसोसिएसनले हालै बर्मिङ्घममा आयोजना गरेको च्यारीटी कार्यक्रमबाट १० लाख भन्दा बढी रुपैयाँ संकलन भएको थियो । सो कार्यक्रममा पनि उनले सकृय भूमिका निर्वाह गरेका थिए ।
ओलीले आफूले सिकेको ज्ञान र सीपलाई गैरआवासीय नेपाली संघ मार्फत नेपालमा लैजाने प्रतिवद्धता जनाएका छन् ।
उनले नेपाल सरकारसंग मिलेर सेफहरुलाई ‘हेल्थ एण्ड सेफ्टी’ लगायतका तालिम संचालन गर्ने योजना रहेको बताए ।
उनले बेलायतमा होटल व्यवसायमा र नेपालमा क्याटरिङ, शिक्षा लगायतका क्षेत्रमा लगानी गरेका छन् ।
मिलनसार र मृदुभाषी ओलीले आगामी हप्ता हुने संघको निर्वाचनमा आफूलाई मत दिएर सामाजिक काममा अघि बढ्ने अवसर दिन सबै मतदाताहरुलाई आग्रह गरेका छन् ।
३० डिसेम्बरमा बीसीसी यूकेले तमु ल्होछार मनाउने, उपस्थित हुन बेलायतवासी नेपालीलाई आग्रह
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?