लन्डन । आउंदो साता (१४ सेप्टेम्बर) हुन लागेको एनआरएनए यूके निर्वाचनमा आइसीसी सदस्यका उम्मेदवार कृष्ण तिवारीको व्यस्तता निकै छ । घरपरिवार र व्यापार छाडेर उनी अहिले मतदाताका घर दैलोमा पुगिरहेका छन् । ‘यसपटक जितिनेमा मलाई पूर्ण विश्वास छ’, युवा उद्यमी तिवारी भन्छन्, ‘विगतको पराजयले मलाई यसपटक थप परिपक्वमात्र बनाएन, रणनीतिक तयारीमा झन् पाठ सिकायो ।’
हाल लन्डन रेनर्स लेनमा पोस्ट अफिस व्यवसाय सञ्चालन गरिरहेका तिवारी बेलायतको नेपाली डायस्पोरासंग लामो समयदेखि निकट छन् । सामाजिक गतिविधिमा पनि उनको सक्रियता प्रेरणादायी छ । सामूहिक प्रयासले एनआरएनए यूके विश्वकै ठूलो र सवल राष्ट्रिय समिति बनेको बताउंदै तिवारी एनआरएन अन्तर्राष्ट्रिय सञ्जालमा बेलायतको दरिलो प्रतिनिधित्व गराउन र नेपालको विकासमा सहयोग गर्न उम्मेदवारी दिएको बताउंछन् । ‘बेलायत ठूलो शाखा बनेरमात्र पुग्दैन्, यसलाई सबैभन्दा राम्रो बनाउने दायित्व पनि आएको छ, त्यसमा म लाग्छु’- उनी भन्छन् ।
बेलायत एनआरएन अभियानको उद्गमस्थल भएकाले यो अभियानलाई दिशानिर्देश गर्न सक्ने बौद्धिक र सुझबुझ व्यक्तित्वको आवश्यकता पनि उनले औंल्याए । बेलायत र नेपालमा लामो समय प्राध्यापनमा संलग्न तिवारी वौद्धिक र ‘भिजन’ भएका अभियन्ता मानिन्छ । लामो समयदेखि एनआरएन अभियानमा समर्पित उनी वाटफोर्ड नेपाली समाज यूके र क्याट यूके सल्लाहकार पनि हुन् ।
तिवारीले आफूसहित सक्षम उम्मेदवारलाई जिताउन सबैमा अपिल गरेका छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो