पृथक कार्यशैली र क्षमता भएका तिवारी आइसीसी दौडमा अग्रपंक्तिमा

लन्डन । आउंदो साता (१४ सेप्टेम्बर) हुन लागेको एनआरएनए यूके निर्वाचनमा आइसीसी सदस्यका उम्मेदवार कृष्ण तिवारीको व्यस्तता निकै छ । घरपरिवार र व्यापार छाडेर उनी अहिले मतदाताका घर दैलोमा पुगिरहेका छन् । ‘यसपटक जितिनेमा मलाई पूर्ण विश्वास छ’, युवा उद्यमी तिवारी भन्छन्, ‘विगतको पराजयले मलाई यसपटक थप परिपक्वमात्र बनाएन, रणनीतिक तयारीमा झन् पाठ सिकायो ।’

हाल लन्डन रेनर्स लेनमा पोस्ट अफिस व्यवसाय सञ्चालन गरिरहेका तिवारी बेलायतको नेपाली डायस्पोरासंग लामो समयदेखि निकट छन् । सामाजिक गतिविधिमा पनि उनको सक्रियता प्रेरणादायी छ ।  सामूहिक प्रयासले एनआरएनए यूके विश्वकै ठूलो र सवल राष्ट्रिय समिति बनेको बताउंदै तिवारी एनआरएन अन्तर्राष्ट्रिय सञ्जालमा बेलायतको दरिलो 
प्रतिनिधित्व गराउन र नेपालको विकासमा सहयोग गर्न उम्मेदवारी दिएको बताउंछन् । ‘बेलायत ठूलो शाखा बनेरमात्र पुग्दैन्, यसलाई सबैभन्दा राम्रो बनाउने दायित्व पनि आएको छ, त्यसमा म लाग्छु’- उनी भन्छन् ।

बेलायत एनआरएन अभियानको उद्गमस्थल भएकाले यो अभियानलाई दिशानिर्देश गर्न सक्ने बौद्धिक र सुझबुझ व्यक्तित्वको आवश्यकता पनि उनले औंल्याए । बेलायत र नेपालमा लामो समय प्राध्यापनमा संलग्न तिवारी वौद्धिक र ‘भिजन’ भएका अभियन्ता मानिन्छ । लामो समयदेखि एनआरएन अभियानमा समर्पित उनी वाटफोर्ड नेपाली समाज यूके र क्याट यूके सल्लाहकार पनि हुन् ।

तिवारीले आफूसहित सक्षम उम्मेदवारलाई जिताउन सबैमा अपिल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री