‘समाज रुपान्तरण’ का लागि सुनिलको उम्मेदवारी

Sunil Babu Khadka

लन्डन । न अरु प्रत्यासीलाई गाली गलौज, न अस्वस्थ्य प्रतिष्पर्धा । एकजना सालिन र निष्कपट व्यक्तित्व हल्ला कम, एजेण्डा र भिजनका साथ अहिले चुनावी मैदानमा छन् । उनलाई समाज बिगारेर चुनाव जित्नु छैन्, आश्वासनमात्र दिएर मतदाता लोभ्याउनु पनि छैन् ।

एनआरएनए यूके उपाध्यक्षका प्रत्यासी सुनिलबाबु खड्का आफ्नो सामाजिक योगदानको मुल्यांकन गरि मत दिन सबैमा अपिल गरिरहेका छन् । ‘आफ्नो जीवनमा सूर्योदय नहुन्जेलसम्म कोशिस जारी राख्नुपर्छ, अंध्यारो आफैं भाग्छ’- उनी उम्मेदवारीबारे प्रष्टयाउंछन्, ‘मेरो उमेदवारी पनि समाजको सकारात्मक रूपान्तरणका लागि एक प्रयास हो । यो मेरो प्रयासमा सबैको साथ रहनेमा म विश्वस्त छु ।’

उनलाई किन भोट ? उनकै शब्दमा,
‘नागरिकता निरन्तरताको मागलाई तार्किक निष्कर्षमा पुरयाउन, भूतपूर्व गोर्खाहरुको समानताको लडाईंलाई शीघ्र समाधानका लागि दवाव दिन, नेपालमा रहेको पैत्रिक सम्पत्ति सुरक्षा गर्न, युवा तथा महिला सशक्तिकरण अभियानलाई अगाडि बढाउन, आंशिक रुपमै भएपनि एनआरएन कार्यालय सञ्चालनमा ल्याइ काम व्यवस्थित गर्न, प्रत्येक पटक सदस्यता नवीकरण गर्दा पासपोर्ट र फोटो बुझाउने झन्झटबाट मुक्त हुन र नयां पुस्तालाई एनआरएन अभियानप्रति आकर्षित गर्न ।’

उनी समाजसेवाको नाममा पद ओगट्न, खादा पहिरिन र व्यवसाय उकास्न मैदानमा उत्रिएकै होइनन् । श्रोत साधन पर्याप्त छ, ‘प्यासन’ छ, समय र पारिवारिक साथ छ । अनि उनी उत्साहित छन् एनआरएन अभियानमा ।

वकिंग निवासी युवा उद्यमी तथा समाजसेवी सुनिल खड्का विगत १८ वर्षदेखि बेलायतमा छन् । नेपाली डायस्पोरासंग निकट भएर काम गरेकाले पनि उनी आफूलाई सबैले मत दिने विश्वास गर्छन् । ‘मस्तिष्कमा समझदारी, कांधमा जिम्मेवारी, ह्दयमा इमान्दारीताका साथ बेलायतवासी नेपाली र हाम्रो मातृभूमि नेपालको लागि ह्दय देखि मानवीय सेवामा समर्पित हुन उमेदवार भएको छु’- उनी थप्छन् ।

चितवनबाट बेलायत आए उनी । नेपाल छाडेर करिब ५५ सय माइल टाढा आउनुको विवशता आफ्नै ठाउंमा छ । तर, उनले कदापी भुलेका छैनन् मातृभूमि । च्यारिटी र एनआरएनए अभियानमा लामो समयदेखि उनको आवद्धता छ । एनआरएनए यूके सल्लाहकार एवं परोपकार समितिको सदस्य सचिव, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सको सदस्य, चितवन एड ट्रष्ट (क्याट) यूके वर्तमान सल्लाहकार एवं पूर्व उपाध्यक्ष भएर काम गर्दा उनी खारिएका छन् । च्यारिटीमा पैसा बांडेको लेखाजोखा छैन्, न नाम पत्रिकामा छाप्न 
रहर छ । ‘आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्दा मनमा आत्मसन्तुष्टि मिल्छ भने अरु गौण विषय हो’- उनी भन्छन् ।

वकिंग नजिक वेष्ट बाइफ्लीटमा विगत एक दशक देखि ‘न्यू हवेली’ रेष्टुरेन्ट सञ्चालन गर्दै आएका खड्काको प्रोपर्टी विजनेश समेत छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री