लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके निर्वाचन नजिकिंदै जाँदा अन्तरराष्ट्रिय समन्वय परिषद् सदस्यमा सक्षम व्यक्ति छान्दा रमेश बास्तोला पर्ने देखिन्छन् । आगामी १४ सेप्टेम्बरमा हुन लागेको एनआरएनए यूके निर्वाचनका लागि अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्य पदमा उम्मेदवारी दिने मध्ये बास्तोला अब्वल भएकाले उनले जित्ने संभावना बढेको धेरैको आकलन छ ।
सन् २००५ देखि नै निरन्तर एनआरएनएमा काम गरिरहेका बास्तोला आफुलाई अन्य प्रतिस्पर्धी भन्दा सक्षम ठान्छन् । ‘कस्ता व्यक्ति छान्दा राम्रो होला भन्ने मतदातावीच कौतुहलता हुनुपर्ने कुरा छैनन्, सक्षम र सामाजिक कार्यमा निरन्तर लागेकालाई छान्नुहोस्’- बास्तोलाले भने ।
बास्तोलाले रसमोर नेप्लिज कम्यूनिटी, प्रवासी नेपाली मंच यूके, ग्रेटर रेडिङ नेपाली कम्यूनिटी, सहारा यूके, पोखरेली मंच यूके, यति एसोसिएसन यूकेलगायत संस्थामा योगदान गरिसकेका छन् । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका बास्तोलाले अहिले चुनाव प्रचार अभियानलाई निरन्तरता दिइरहेका छन्।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे