लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके निर्वाचन नजिकिंदै जाँदा अन्तरराष्ट्रिय समन्वय परिषद् सदस्यमा सक्षम व्यक्ति छान्दा रमेश बास्तोला पर्ने देखिन्छन् । आगामी १४ सेप्टेम्बरमा हुन लागेको एनआरएनए यूके निर्वाचनका लागि अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्य पदमा उम्मेदवारी दिने मध्ये बास्तोला अब्वल भएकाले उनले जित्ने संभावना बढेको धेरैको आकलन छ ।
सन् २००५ देखि नै निरन्तर एनआरएनएमा काम गरिरहेका बास्तोला आफुलाई अन्य प्रतिस्पर्धी भन्दा सक्षम ठान्छन् । ‘कस्ता व्यक्ति छान्दा राम्रो होला भन्ने मतदातावीच कौतुहलता हुनुपर्ने कुरा छैनन्, सक्षम र सामाजिक कार्यमा निरन्तर लागेकालाई छान्नुहोस्’- बास्तोलाले भने ।
बास्तोलाले रसमोर नेप्लिज कम्यूनिटी, प्रवासी नेपाली मंच यूके, ग्रेटर रेडिङ नेपाली कम्यूनिटी, सहारा यूके, पोखरेली मंच यूके, यति एसोसिएसन यूकेलगायत संस्थामा योगदान गरिसकेका छन् । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका बास्तोलाले अहिले चुनाव प्रचार अभियानलाई निरन्तरता दिइरहेका छन्।
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै