
लन्डन । प्रवासी नेपाली एकता मञ्च यूकेले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङको सम्मानसहित दिवा भोज गरेको छ । बेलायत भ्रमणका क्रममा मुख्यमन्त्री गुरुङलाई पूर्व एमाले निकट प्रवासी नेपाली मञ्च यूके र पूर्व माओवादी निकट जनप्रगतिशील मञ्च यूकेले संयूक्त रुपमा सम्मान गरेका हुन् ।
फार्नवरोस्थित एक रेस्टुरेन्टमा भएको सम्मानमा नेकपा नेता तथा कार्यकर्ताको उपस्थिति थियो । मुख्यमन्त्री गुरुङले कम्युनिष्ट पार्टी एकताको इतिहास चर्चा गर्दै वामपन्थी आन्दोलनले मुलुकको समृद्धिमा भूमिका खेलेको जनाए । उनले संघीयता वामे सर्दै गएकाले केही ढिला भएपनि नेपाल बिकास कार्यमा अघि बढेकाले यहाँका नेपालीको थप सहयोगको उपेक्षा गरे ।

कार्यक्रममा पूर्व एमाले निकट प्रवासी नेपाली मञ्च यूके अध्यक्ष राजेन्द्र पुडासैनीले दुई पार्टीका संगठनहरु एकीकरणपछि आफ्नो शक्ति अझ बढने बताए । लामो समयसम्म पूर्व एमाले र पूर्व माओवादीका बेलायतस्थित संगठन एकीकरण भएका छैनन् । उनले प्रवासीका सीप, ज्ञान र लगानी मातृभूमिमा लग्न आफूहरु तयार रहेको बताए ।
पूर्व माओवादी निकट जनप्रगतिशील मञ्च यूके अध्यक्ष सुरेश गौतमले दुवै संगठन एकीकरणपछि मिलेर काम गर्न आतुर रहेको बताए । सो कार्यक्रममा एनआरएनए अभियन्ता शुशिला राईले प्रवासमा रहेर पनि मातृभूमिका लागि काम गरिरहेको जानकारी दिइन् ।
कार्यक्रममा संस्थापक अध्यक्ष आङकल जंग लामा, पूर्व अध्यक्ष दिनेश घिमिरे, भक्त गुरुङ, सुष्मा राई, शुशिला राई, बिमला लिम्बु, मकुन्द बास्तोला, रामशरण सिंखडालगायतको उपस्थिति थियो ।


यसैवीच, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले मुख्यमन्त्रीलाई एक समारोहवीच सम्मान गरेको थियो । तमुधिं यूकेको निमन्त्रणामा नेपाली मेलामा उपस्थित हुन आएका मुख्यमन्त्री गुरुङ आइतवार नै नेपाल फर्किएका छन् ।
सङ्कटमा नायकत्व !
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
एनआरएनएको अध्यक्षमा जापानबाट रोबिन शेरचनको उम्मेदवारी घोषणा, १५ बुँदे प्रतिबद्धता सार्वजनिक
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
काठमाडौंकी साम्राज्ञी मोक्तान बन्नुभयो १८ औं मिस तामाङ
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन