लन्डन । नेपालका ओलम्पियन दीपक विष्टसहित चार प्रशिक्षक तालिमका लागि शनिबार लन्डन आइपुगेका छन् । युके स्पोर्टस् र ग्रेट ब्रिटेन तेक्वान्दो एसोसिएसन तथा नेपाल तेक्वान्दो संघबीच दुई वर्षअघि भएको सम्झौता अनुसार चार प्रशिक्षक प्रशिक्षणका लागि बेलायत आएका हुन् ।
हिथ्रो टर्मिनल ४ मा उनीहरुलाई ग्रेट ब्रिटेन तेक्वान्दो एसोसिएसनका सिइओ म्याट एकबल्ड, नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायतका अध्यक्ष सिद्धार्थविक्रम क्षेत्री लगातले स्वागत गरेका थिए ।
सेप्टेम्बर १ देखि १० सम्म म्यानचेस्टरमा हुने प्रशिक्षणमा विष्टसहित त्रिभुवन आर्मी क्लबका दानबहादुर ऐरी, नेपाल पुलिस क्लबका रन्जन श्रेष्ठ र प्रशिक्षक कविराज खड्गीले नेपालको प्रतिनिधित्व गर्ने बताइएको छ ।
बेलायत उड्नुअघि उनीहरुलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्सेर राणा, महासचिव दीपकराज गुरुङलगायत संघका अन्य पदाधिकारीले विदाई गरेका थिए । प्रशिक्षण कार्यक्रमकै दौरान अध्यक्ष राणा र महासचिव गुरुङ सेप्टेम्बर ७ मा बेलायत आउने कार्यक्रम छ ।
म्यानचेस्टरको प्रशिक्षण समापनपछि नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले लन्डनमा उनीहरुको सम्मान तथा अन्तरक्रिया गर्ने क्षेत्रीले बताए ।
युके स्पोर्ट्स र ग्रेट ब्रिटेनका प्रशिक्षकले यसअघि तीन पटक नेपाल गएर खेलाडी र प्रशिक्षकका लागि अलग अलग प्रशिक्षण दिएका थिए ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे