लन्डन– बेलायतमा कार्यरत वरिष्ठ चिकित्सक डा. सुनिल साहले एनआरएन युकेको नयां कार्यसमितिलाई समावेशी बनाउन आह्वान गरेका छन्।
यही सेप्टेम्बर १४ मा हुन गइरहेको निर्वाचनमा कार्यसमिति सदस्यका लागि उम्मेदवारी दिएका डा. साहले गैर आवासीय नेपाली संघको मर्म बमोजिम नयां बन्ने कार्यसमितिलाई समावेशी बनाउन आग्रह गरेका हुन् ।
‘झन्डै १४,००० सदस्य सहित एनआरएन युके संसारमै सबै भन्दा बढी सदस्यहरु भएको राष्ट्रिय समन्वय परिषद बन्न पुगेको छ। अब हामीले युकेमा बसोबास गरिरहेका जनजाति, मधेशी लगायत सबै नेपाली समुदायको प्रतिनिधित्व हुने गरी नयां कार्य समिति चुन्नु पर्दछ’- उनले भने।
बेलायतको लिभरपुलमा एनएचएसको परामर्शदाताका रुपमा कार्यरत डा. साह मुख तथा म्याक्सिलो फेसियल विधाका चर्चित सर्जन हुन् ।
उनकै सक्रियतामा २ नम्बर प्रदेश अन्तर्गत जनकपुरधाममा ‘क्रेनियो फेसियल सेन्टर नेपाल’ स्थापना गरिएको छ ।
‘बेलायतस्थित नेपाली समुदायलाई एकताबद्ध गर्न र आफ्नो पेशागत सीप र दक्षता नेपाल र नेपालीको हितमा लगाउने उद्देश्यले मैले सदस्य पदमा उम्मेदवारी दिएको हुँ । सबै मतदाताहरुको सहयोग र समर्थन पाउने मैले विश्वास लिएको छु’- डा. साहले भने ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह