लन्डन । एनआरएन यूकेको आसन्न निर्वाचनमा ७४ पदका लागि ११५ उम्मेदवार प्रतिष्पर्धामा छन् । सामाजिक, आर्थिक र वैयक्तिक क्षमताका हिसाबले ति प्रत्यासीका आ-आफ्नै विशेषता छन् ।
ति मध्ये सचिव पदका उम्मेदवार जित रानाभाट उच्च शैक्षिक योग्यताले परिपूर्ण ‘बौद्धिक व्यक्तित्व’ मानिन्छन् । अंग्रेजी साहित्यमा स्नातकोत्तर र ‘एमफील’ पूरा गरेका रानाभाट ‘हाइली स्किल्ड माइग्रेण्ट स्किम’ मा दशकअघि बेलायत आएका हुन् । बेलायतस्थित थुप्रै सामाजिक संघसंस्थामा महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरिरहंदा उनी व्यवसायमा पनि सफल भए ।
नेपाली हाइली स्किल्ड प्रोफेसनल सोसाइटी यूकेको कोषाध्यक्ष, पशुपतिनाथ मन्दिर लन्डन र क्षेत्री समाज यूकेमा कार्यसमिति सदस्यका भएर उनले आफ्नो खुबी देखाइसकेका छन् । उनी एनआरएन यूकेको वर्तमान कार्यसमितिमा विद्यार्थी समन्वय विभागको संयोजक छन् ।
उनी अहिले यूरोपकै पुरानो नेपाली सँस्था ‘यती’ को सामाजिक सचिव र रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटी (आरजिएनस) उपाध्यक्ष तथा पूर्व महासचिब हुन् ।
‘एनआरएनएप्रति समुदायले जसरी चासो र सरोकार राखेको छ, त्यो सांच्चिकै उत्साहजनक पाएको छु’- रानाभाट भन्छन्, ‘यसकारण सबैको भावना सम्बोधन हुने गरी संस्थालाई अघि बढाउंदै जान र यो ‘प्लेटफर्म’ समुदायको हितमा सदुपयोग गर्न हामीलाई थप उर्जा प्राप्त भएको छ ।’
एनआरएन यूकेको सचिवका रुपमा संस्थामा थप सदस्यहरु आकर्षित गर्ने, विदेशमा बस्ने नेपालीको ज्ञान, सीप, अनुभवलाई नेपालको हितमा सदुपयोग गराउने लगायत कार्यमा संयोजनकारी भूमिका खेल्ने उनको लक्ष्य छ । ‘मतदाताहरु म प्रति सकारात्मक हुंदा झन् उत्साहित छु’- चुनावी अभियानमा व्यस्त रानाभाटले सुनाए ।
एनआरएनए संस्था मातृभूमिप्रति बढि उत्तरदायी हुन सके यसको मुल मर्मप्रति न्याय हुने रानाभाटको ठम्याइ छ । ‘हामीलाई कर्मथलो बेलायतमा सामाजिक अन्तरघुलनको खांचो छ । यहां आपसी एकता, नयां अनुभव ग्रहण र नेपाली पहिचान स्थापित गराउनुछ’, उनले भने, ‘म यी क्षेत्रमा अझ बढि अग्रसर र मातृभूमिप्रति थप सक्रिय हुन नेतृत्वमा जान इच्छुक छु ।’
३० डिसेम्बरमा बीसीसी यूकेले तमु ल्होछार मनाउने, उपस्थित हुन बेलायतवासी नेपालीलाई आग्रह
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?