एनआरएनए यूके महिला उपाध्यक्ष प्रत्यासी रोजिनाको मातृभूमि प्रेम

लन्डन । देखासिकीले हुने होइन समाजसेवा । यसका लागि पारिवारिक पृष्ठभूमि, श्रोत साधन, मनैदेखि इच्छा शक्ति र लगावको महत्वपूर्ण भूमिका रहन्छ । त्यसको ज्वलन्त उदाहरण हुन्- एनआरएनए यूके महिला उपाध्यक्षकी उम्मेदवार रोजिनाप्रधान राई । रोजिनाले आफ्नो कर्मथलो बेलायतमा मात्र होइन, मातृभूमिका लागि पनि निकै सरहानीय कार्य गरेकी छन् ।

भूकम्प, बाढीपीडितको सहयोग र आपतविपतमामात्र हात अगाडि बढाएकी छैनन् उनले, विशेषगरि शिक्षा क्षेत्रमा 
रोजिनाको ठूलो योगदान छ ।

रोजिनाका ससुरा मनिप्रसाद राईले खोटांगस्थित बासपानी ५ दन्खुरी डांडांमा जग्गा प्रदान गरिदिएपछि सो जग्गामा एक करोड ५६ लाख रुपैयांमा १७ कोठे भवन निर्माण गरियो । त्यसै विद्यालयमा केही महिनाअगाडि मात्र रोजीहिरा फाउण्डेशनकी अध्यक्ष श्रीमति रोजिना प्रधान राईको नेतृत्वमा देश विदेशमा बस्ने सम्पूर्ण बासपानीवासीहरु बासपानी राष्ट्रिय माविमा ‘इ-लाइब्रेरी’ स्थापना गर्न जुटे । चन्दा संकलनमा उनको अग्रणी भूमिकाले नै उक्त कार्य सम्पन्न भएको छ ।

रोजिना र फाउण्डेशनका संस्थापक अध्यक्ष हिराधन राईले सोही विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार एक विद्यार्थीलाई वार्षिक १० हजार रुपैयां प्रदान 
गर्दै आएका छन् । रोजिना दम्पतिले छात्रवृत्ति प्रदान गरेपछि विद्यालयका 
प्रधानाध्यापक कोमलप्रसाद रिमालले आभार व्यक्त 
गर्दै उनीहरुको पूण्यकार्यले अरुलाई पनि प्रेरित 
गर्ने विश्वास व्यक्त गरेका छन् ।

लन्डनकी व्यवसायी एवं महिला अभियन्ता रोजिना नेपालमा शिक्षाबाहेक स्वास्थ्य क्षेत्रमा पनि केही गर्न इच्छुक छन् । उनी आफैं एक स्वास्थ्य कार्यकर्ता भएकाले भविष्यमा नेपालको स्वास्थ्य क्षेत्रमा केही गरौं भन्ने इच्छा जागेको उनले बताइन् । एनआरएनए यूकेको नेतृत्वमा पुगे बेलायत र नेपालमा 
आफ्नो सामाजिक अग्रसरता थप बढाउने उनको अठोट छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री