
लन्डन । नेपलिज नर्सिङ एसोसिएसन यूकेले यस वर्षको वार्षिक कार्यक्रम आगामी १५ सेप्टेम्बरमा गर्ने भएको छ ।
संस्थाका अध्यक्ष विनोदविकास सिम्खडाका अनुसार, जुम्लाको सिन्जा गाउंपालिकामा एसोसिएसनकै आर्थिक सहयोगमा निर्माण भएको प्रसुति गृह सञ्चालनका लागि रकम जुटाउन हयारोस्थित ब्लु रुममा ‘समर फेट’ गर्न लागिएको हो ।
प्रसुति गृह निर्माण र उपकरणहरु खरिद भइसकेपनि अब ५ वर्षसम्म एसोसिएसनले नै कर्मचारीको तलव र दैनिक खर्च बेहोर्नु पर्ने भएकाले ‘समर फेट’ कार्यक्रम कोषवृद्धिका लागि आयोजना गरिएको सिम्खडाले जनाए ।
उक्त कार्यक्रममा नेपाली दूतावासका प्रतिनिधि, सांसद बीरेन्द्र शर्मा, नेपाल नर्सिङ काउन्सिल पूर्व रजिस्ट्रार इश्वरी खनाल लगायत अन्य अतिथी र एसोसिएसन पदाधिकारीहरुको सहभागिता रहने अपेक्षा छ ।
मध्यान्ह १२ देखि सांझ ५ बजेसम्म हुने उक्त कार्यक्रममा बालबालिकाका लागि बाउन्सी क्यासल र फेस पेन्टिङ पनि हुनेछ । एसोसिएसनले कार्यक्रममा सहभागिताका लागि सबैमा अनुरोध गरेको छ ।
यसैबीच, एसोसिएसनले गत २४ अगष्टमा स्थापनाको ११ औं वार्षिकोत्सव मनाएको छ । ग्रीनवीच पार्कमा एक कार्यक्रमबीच केक काटेर वार्षिकोत्सव मनाइएको हो ।
चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै