लन्डन । डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको च्यारिटी कार्यक्रम शनिवार वेलिङस्थित फाल्कोनवुड कम्युनिटी सेन्टरमा सम्पन्न भएको छ ।
अध्यक्ष सुमलकुमार गुरुङका अनुसार लण्डनको दक्षिणपूर्व क्षेत्रमा नेपालीहरूको कुनै बौद्ध मन्दिर नभएकाले विगत २र३ वर्षदेखि संस्थालाई विधिवत दर्ता गरी एउटा बौद्ध गुम्बा निर्माण गर्न दोश्रोपटक च्यारिटी कार्यक्रम गरिएको हो ।
सुमलकुमार गुरुङको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमका प्रमुख अतिथि बौद्धधर्मका गुरु खेन्पो निङ्मा शिङ्घे, अतिथिहरू रोयल बारो अफ बेक्स्लीहिथका काउन्सिलरहरु फ्रेन्च लुई, अगुन्दाओ माबेल, डेभ पटसन् तथा विभिन्न नेपाली संघसंस्थाबाट प्रतिनिधित्व गरी आएका अध्यक्ष तथा प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति थियो ।
कार्यक्रमका सिलसिलामा संस्थालाई चन्दा दिन रकमसहित प्रतिवद्धता जाहेर गरेका व्यक्तिहरूको सूची निकै उत्साहजनक थियो जसले गर्दा त्यसदिनको रकम र अहिलेसम्म उठिसकेको रकम जोड्दा झण्डै एक लाख पाउण्ड पुगेको कोषाध्यक्ष सुर्जा गुरुङले बताए ।
संस्थाका महासचिव योगेश गुरुङ र डा. सुदर्शन गुरुङले सञ्चालन गरेको कार्यक्रम धर्मगुरु, अतिथिहरू तथा सभाध्यक्षद्वारा पानसमा बत्ती प्रज्वलन गरी समुद्घाटन गरिएको थियो ।
कार्यक्रममा समाजका उपाध्यक्ष हितमान गुरुङले स्वास्थ्य सुरक्षा र समाजकी महिला उपाध्यक्ष मीना गुरुङले स्वागत मन्तब्य दिए लगत्तै समाजका अध्यक्ष सुमलकुमार गुरुङले समाजको गतिविधि र भविष्यमा निर्माण गरिने बौद्ध गुम्बाबारे पावर प्वाइन्टमार्फत प्रभावकारी शैलीमा प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई विभिन्न अतिथिले सम्बोधन गरे । सो अवसरमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर सहभागीहरूलाई मनोरञ्जन प्रदान गरिएको थियो ।
सर्वश्री, मोहन गुरुङ, विजय गुरुङ, केश गुरुङ, क्या. (रि) नारायणबहादुर गुरुङ एमभिओ, नरेश गुरुङ, समाजका प्रमुख सल्लाहकार राम गुरुङ, काउन्सिलर फ्रेन्च लुइ र श्रीमती पुनम गुरुङ आदिले कार्यक्रमलाई सम्बोधन गरेका थिए । यस कार्यक्रमको अर्को रोचक र महत्वपूर्ण पक्ष धर्मगुरुले दान र पूण्यआर्जनबारे प्रवचन दिएका थिए ।
कार्यक्रममा संस्थाका लागि ट्रष्टी र आजिवन सदस्य बनी आर्थिक सहयोग गरेका अनुयायीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमलाई सहयोग पुरयाउँदै आएका व्यक्तित्वहरू, च्यारिटी कार्यक्रमलाई राफल चिट्ठा प्रायोजन गरेका व्यक्तित्व र मञ्चमा सांस्कृतिक कार्यक्रम प्रस्तृत गरेका कलाकारहरुलाई समेत प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा एनआरएन यूकेका प्रत्यासीहरूको उल्लेख्य उपस्थिति थियो ।
सांस्कृतिक कार्यक्रममा डा. सुदर्शन गुरुङ, दिपक थापा, दिव्यानी शर्मा, रसना गुरुङ, यामु गुरुङ र सारादेवी गुरुङले गीत प्रस्तुत गरेका थिए भने प्रसुना कँडेल, चन्द्रदेवी गुरुङ, कुसुम गुरुङ र शिवराम गुरुङ बीइएमले आकर्षक र मनोरञ्नात्मक नृत्य प्रस्तुत गरेका थिए ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे