
तिलक भट्टराई
लन्डन । समाजसेवा जस्तो पवित्र कामलाई सरल र पारदर्शी बनाउन लेखा (हिसाव) बुझ्ने जिम्मेवार व्यक्तिको खोजी तीव्र थियो । अझ भनौं, गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) बेलायत आसन्न निर्वाचनमा कोषाध्यक्ष पदमा उम्मेदवार बन्न योग्य मानिसको खोजी भैरहेको थियो । साउथइस्ट लन्डनमा बसोवास गर्ने ‘एकाउन्ट’ जानेका तिलक भट्टराई माथि केही एनआरएनए यूकेका अग्रजको आखाँ अडिए । औपचारिक/अनौपचारिक रुपमा कोषाध्यक्ष पदका उम्मेदवार हुन आग्रह पनि आए ।
एनआरएनए यूके अग्रज तथा साथीहरुले ‘तपाईं जस्तो एकाउन्ट बुझेको व्यक्ति कोषाध्यक्ष पदमा हुनु भयो भने जनताबाट उठेको पैखाको सहि हिसाव किताव आउँछ । संस्था पारदर्शी ढंगले चल्यो भने समुदायको विश्वास जित्न सकिन्छ’ भन्ने प्रस्तावले उनलाई केही दिन सोच्न बाध्य बनायो । निजी जीवन, घरपरिवारप्रतिको जिम्मेवारी अनि आफ्नै व्यवसायलाई मिलाउदै सकृय समाजसेवालाई कसरी संगै लैजाने भनेर भट्टराईलाई मनमा हुटहुटी चल्यो ।
घरपरिवारबाट सहयोग पाउने ढुक्क भएपछि एनआरएनए यूकेका अग्रज र साथीहरुको आग्रह र आफू माथिको विश्वास झन दरिलो बनाउन तिलक भट्टराईले एनआरएनए यूके कोषाध्यक्ष पदमा प्रत्यासी बन्ने निधो गरे । गत १८ अगष्टमा औपचारिक रुपमा कोषाध्यक्ष पदमा उम्मेदवारी पनि दर्ता गराए ।
निजी जीवनबाट केही समय झिकेर समाजसेवामा होमिन तयार भएका भट्टराईले उम्मेदवारी दर्ता संगै एउटा नारा पनि बनाए ‘आजको महसुसता एनआरएनएमा सकारात्मक सोच, पारदर्शीता तथा जिम्मेवारीवहनताको आवश्यकता’ । ‘समाज सेवा गर्दा जीवनमा प्राप्त हुने सन्तुष्टी अर्कै छ’- वीनेपालीसँग एकैछिन गफिए भट्टराई । उनले यूवा र बुढाबुढीहरुको लागि विशेष कोष स्थापना गर्ने योजना समेत सुनाए ।
बेलायतबाट बिजनेस मेनेजमेन्ट एण्ड फाइनान्समा मास्टर्स पुरा गरेका भट्रटराई सामाजिक क्षेत्रमा पनि सकृय छन् । ग्रेजुएट इन्टरप्रेनर नेप्लिज सोसाईटी (जेन्स) यूकेको बरिष्ठ उपाध्यक्ष, यति नेपाली एशोसिएसन यूके र रोयल ग्रीनवीच नेप्लिज सोसाइटीमा कार्यसमिति सदस्यका रुपमा सामाजिक क्षेत्रमा सकृय छन् उनी ।
कोषाध्यक्षका प्रत्यासी भट्टराई ब्रिट टयूसन, नम मार्केटिंग, टिआरबी प्रोपर्टीलगायतका व्यवसायमा संलग्न छन् । आगामी १४ सेप्टेम्बरमा हुने निर्वाचनमा उनले नेपाली समुदायबाट ठूलो सहयोगको आसा राखेका छन् ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे