लन्डन । व्यापार र पारिवारिक दायित्व एकसाथ वहन गरेर पनि सामुदायिक काममा निरन्तर लाग्ने महिला अभियन्ता हुन् रन्जिता मल्ल । यतिखेर उनलाई अर्को व्यस्तता थपिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको आउंदो महिना हुने निर्वाचनमा सचिव (महिला) पदमा उम्मेदवारी घोषणा गरेपछि रन्जिता प्रचार प्रसारमा व्यस्त भएकी हुन् । ‘अहिले आफ्ना एजेन्डासहित मतदातासंग मत मागिरहेकी छु’, उनले भनिन्,’म एक महिला भएको नाताले आफू जस्ता महिलाहरुको दुःख, पीडा पक्कै हेर्नेछु । सामाजिक काममा आफ्नो सक्रियता अझ बढाउने छु । त्यसकारण मलाई यो पटक नेतृत्वमा जाने अवसर दिनुहोस् ।’
नेपालीको बाक्लो जनघनत्व रहेको अल्डरसट बस्छिन् उनी । रसमोर क्षेत्रलाई प्रतिनिधित्व गर्ने ग्रेटर रसमुर नेपाली कम्युनिटीको उपाध्यक्ष भएर रन्जिताले उल्लेख्य काम गरेकी छन् । नेपाली र बेलायती समुदायबीच अन्तरघुलन, नेपाली कला संस्कृति प्रवर्धन र च्यारिटी कर्म सधैं उनको प्राथमिकतामा रहे । स्थानीय समुदायमात्र होइन, स्थानीय निकायका पदाधिकारीहरुसंग पनि निकट रहेकी रन्जिताले नेपालीले भोगेका दुःख, पीडा राम्ररी बुझेकी छन् र ति समस्या सम्बन्धित निकायसम्म पुरयाउन सक्षम महिलाका रुपमा पनि उनलाई हेरिन्छ ।
सन् २००८ देखि बेलायत बस्दै आएकी रन्जिताले छोटो समयमै नेपाली समुदायको मन जितिन् । पेशाले आइटी इन्जिनियर हुन् उनी तर सक्रियता हरेक क्षेत्रमा देखिन्छ ।
मल्ल विभिन्न च्यारिटी संघसंस्थामा संलग्न छन् । उनले महाभूकम्प गएको बेला गोर्खा, लमजुङ, काभ्रेपलान्चोक, नुवाकोट, धादिङ लगायत जिल्लामा संघका पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा राहत वितरण कार्यमा सकृय भूमिका निर्वाह गरेकी थिइन् ।
नेपलिज को-अपरेटिभ इन्भेस्टमेन्ट (एनसीआई) लिमिटेडको निर्देशक समेत रहेकी मल्लले नेपालमा रियल स्टेट, कृषि तथा शेयर बजारमा लगानी गरेकी छन् । बेलायतमा फेशन व्यवसाय छ ।
उनी अध्यक्षकी सशक्त प्रत्यासी पुनम गुरुङको क्याम्पमा छन् । उक्त समूहमा रोजिनाप्रधान राई, प्रसुना कंडेल लगायत प्रभावशाली महिलाहरुको वाहुल्य छ ।
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’