ओशो तपोवनका संस्थापक स्वामी अरुण युकेमा

लन्डन । काठमाण्डूस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुण आफ्ना सहयोगी स्वामी आनन्द अर्हतका साथ लन्डन आइपुग्नु भएको छ । मंगलबार बेलुका उहांहरुलाई हिथ्रो विमानस्थलमा बेलायतस्थित ओशो सन्न्यासीहरुले स्वागत गरेका थिए ।
एक वर्ष पछि फेरी बेलायत आएर सबै मित्रहरुसंग भेटघाट तथा सत्संग गर्ने अवसर मिलेकोमा स्वामी अरुणले खुसी पनि व्यक्त गर्नुभयो ।
बुधबार बेलुका स्वामी अरुणले अल्डरशटस्थित शिव मन्दिरमा आयोजित कार्यक्रममा प्रवचन दिनु हुनेछ । त्यस्तै उहाँले यही अगष्ट २३  देखि २६  तारिखसम्म लन्डन नजिकै दे भेयर, ल्यातिमर एस्टेटमा तीन दिवसीय ध्यान शिविर सन्चालन गर्नुहुनेछ ।
संसारका बीसभन्दा बढी मुलुकमा ध्यान शिविरहरु सन्चालन गरिसक्नुभएका स्वामी अरुणले स्वस्थ र सन्तुलित जीवनकालागि ध्यान अपरिहार्य रहेको बताउँदै आउनुभएको छ । ‘आजको व्यस्त समाजमा संयमित जीवन शैली र ध्यानको महत्व जति वर्णन गरेपनि कम हुन्छ । त्यसैले बोधिसत्व स्वामी अरुणसंग आवासीय ध्यान शिविरमा सपरिवार सहभागी हुन हामी सबैलाई आग्रह गर्दछौं’- ओशो क्याम्प युकेका स्वामी ध्यान शंकरले भन्नुभयो ।
स्वामी अरुणले गत तेह्र वर्षदेखि बेलायतमा हरेक वर्ष ध्यान शिविरहरु सन्चालन गर्दै आउनुभएको छ ।
www.oshoanandbodhilondon.co.uk/2019-Meditation-retreat.html  मा गएर ध्यान शिविरबारे थप जानकारी प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री