गुरुङप्रति लक्षित समाचार भ्रामकः सगुन

Surya Gurung

सूर्य गुरुङ

लन्डन । सोसियल र इकमर्श क्षेत्रमा 
प्रगतिन्मुख स्टार्ट अप कम्पनी ‘सगुन’ ले आफ्ना बेलायतस्थित एक जना सल्लाहकार सूर्य गुरुङप्रति लक्षित गरि प्रकाशन गरिएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । सगुनले मंगलबार एक विज्ञप्ति जारी गर्दै सगुन र सगुनका लण्डनस्थित लगानीकर्ताहरुप्रति लक्षित गरी केही अनलाइन मिडियाहरुमा प्रकाशित भ्रामक समाचारप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

बेलायतमा स्वच्छ छवी बनाएका सामाजिक अभियन्ता गुरुङलाई जोडेर केही अनलाइनले हालै अफवाहपूर्ण समाचार प्रकाशित गरेका थिए । एनआरएनए यूके निर्वाचनको पूर्व सन्ध्यामा ‘मिसन’ बोकेको एउटा समूहले उनीविरुद्ध समाचार सम्प्रेषण गराएको थियो ।

‘गुरुङको व्यक्तिगत जीवनमा नकारात्मक असर पुरयाउने हेतुले अभिप्रेरित भएको र सत्य तथ्य नबुझी झुटमा आधारित भएको देखिएकाले ति समाचारप्रति खेद व्यक्त गर्दछौँ’- सगुनका सह-संस्थापक कविन्द्र सिटौलाले अमेरिकाबाट विज्ञप्तिमा भनेका 
छन्, ‘सगुन र सगुनका लन्डनस्थित लगानीकर्ताहरुप्रति लक्षित गरी केही अनलाइन मिडियामा प्रकाशित भ्रामक समाचारप्रति सगुनको गम्भिर ध्यानाकर्षण भएको छ ।’

केही व्यक्ति वा समूहले आफ्नो निश्चित स्वार्थ पूरा गर्ने उद्देश्यले कपोल्कल्पित र भ्रामक समाचार प्रकाशन-प्रशारण गरेर सगुन र सगुनसंग सम्वन्धित विषयमा भ्रम छर्ने र छद्मभेष धारण गरि अनर्गल प्रचार गरे त्यस्ता व्यक्ति तथा संस्थाविरुद्ध कानुनी उपचार खोज्न वाध्य समेत हुने चेतावनी सगुनले दिएको छ ।

सगुन एउटा सोसियल र इकमर्शको क्षेत्रमा अर्थपूर्ण परिवर्तनको उद्देश्य बोकेर आफ्नो लक्ष्यमा विभिन्न कठिनाइ चिर्दै अगाडि बढिरहेको ‘स्टार्ट अप’ कम्पनी भएको जनाउंदै विज्ञप्तिमा अन्य सफल स्टार्ट अप कम्पनीहरु जस्तै सगुन पनि सफल कम्पनी बन्न अहोरात्र खटिरहेको स्पष्ट पारिएको छ ।

प्रेस विज्ञप्ति जस्ताको तस्तै-

सगुन र सगुनका लण्डनस्थित लगानीकर्ताहरुप्रति लक्षित गरी केही अनलाइन मिडियाहरुमा प्रकाशित भ्रामक समाचारप्रति सगुनको गम्भिर ध्यानाकर्षण भएको छ ।

सगुन एउटा सोसियल र इकमर्शको क्षेत्रमा अर्थपूर्ण परिवर्तनको उद्देश्य बोकेर आफ्नो लक्ष्यमा विभिन्न कठिनाइहरुलाई चिर्दै अगाडि बढिरहेको स्टार्ट अप कम्पनी हो । अन्य सफल स्टार्ट अप कम्पनीहरु जस्तै सगुन सफल कम्पनी बन्न अहोरात्र खटिरहेको छ ।

ठूला व्यवसायिक लगानीकर्ताहरुलाई आकर्षित गर्नु अघि विभिन्न चरणहरु गरी विश्वभरका सबै सर्वसाधारणहरुलाई सगुनले मिनी आइपीओ मार्फत लगानीको अवसरहरु प्रदान गर्दै आइरहेको छ । र लण्डन निवासी सर्वसाधारणहरुलाई समेत सो अवसर उपलब्ध गरिएको थियो । नेपालीहरुले शुरु गरेको यस अभियानमा विश्वास गरेर लगानी 
गर्ने र सगुनलाई समुदायमा पुग्न सहयोग गर्ने हरेक व्यक्ति तथा संघसंस्थाहरुसंग सगुनले अनुरोध गरेको थियो । यसक्रममा विश्वभरि छरिएर रहेका हजारौँ नेपालीहरु तथा नेपालीका संघसंस्थाहरुले साथ र सहयोग गर्नु भएको थियो र निरन्तर सहयोग गरिरहनु भएको छ । यसका लागि सगुन सबैमा हार्दिक आभार र धन्यवाद प्रदान गर्दछ ।

यसै सिलसिलामा लण्डनमा पनि सम्भव भएसम्मका धेरै भन्दा धेरै नेपालीहरुमा सगुन अभियान पुर्याउने क्रममा विभिन्न व्यक्तिहरुसँग सगुनले अनुरोध र सहयोगको हात बढाएको हो । यसै क्रममा लण्डनमा बसेर लामो समयदेखि सामाजिक काममा लागिरहनु भएका सूर्य गुरुङसंग समेत सगुनले अन्य सर्वसाधारणहरुलाई जस्तै सगुनको अभियानमा सहभागी हुन अनुरोध गरिएको हो । सगुनमा लगानी गर्ने अवसरका बारेमा हरेक देशका नेपाली समुदायलाई अनुरोध गरिएजस्तै उहाँलाई पनि सगुनले अनुरोध गरेको हो । उहाँले यसलाई विश्वास गरेर सगुनको अभियन्ता बन्नु भयो । तर हालै केही अनलाईन सञ्चारमाध्यमहरुमा उहाँमाथि सगुनसँगको सम्वन्धलाई अतिरञ्जित गरी समाचारहरु प्रकाशित गरिएका र विशेष गरि सूर्य गुरुङको सामाजिक व्यक्तित्वमाथि हिलो छ्याप्ने दुष्प्रयास गरिएका समाचारहरुको सगुन खण्डन गर्दछ । र त्यस्ता झुट समाचारहरुलाई वेवास्ता गर्नु हुन सगुनका सम्पूर्ण लगानीकर्ता, प्रयोगकर्ता तथा शुभचिन्तकहरुलाई सगुन हार्दिक अनुरोध गर्दछ ।

हामी सम्पूर्ण लगानीकर्ता, प्रयोगकर्ता, शुभचिन्तक तथा सर्वसाधारणहरुलाई यो कुरा पुनः स्मरण गराउन चाहन्छौँ कि सगुन अमेरिकाको आधिकारिक सरकारी निकायमा दर्ता भई अमेरिकी सरकारको कानून भित्र रहेर सञ्चालनमा आएको कम्पनी हो । यस कम्पनीमा लगानी गर्न उपलब्ध गराइने कुनै पनि जानकारीहरुमा कसैलाई पनि लोभ लालच देखाउने वा अनावश्यक भ्रम छरि लगानी जुटाउने काम गर्न पाइने छैन र सगुनले गरेको पनि छैन् । त्यसैगरि सगुनले उपलब्ध गराएको लगानीको अवसरका सम्वन्धमा कोही कसैले समुदायमा जानकारी पुरयाउन सहयोग गर्छ भने उसले पनि यही कुरालाई ध्यानमा राखेर सहयोग गरेको हुनेछ । सगुनका हरेक लगानीकर्ताहरु र प्रयोगकर्ताहरु यसका अभियन्ता र सल्लाहकार हुन् ।

यसै कारणले सूर्य गुरुङप्रति लक्षित गरि प्रकाशन गरिएका समाचारहरु सगुनप्रति भम्र सिर्जना गर्न र सूर्य गुरुङको व्यक्तिगत जीवनलाई नकारात्मक असर पुरयाउने हेतुले अभिप्रेरित भएको, सत्य तथ्य नबुझी झुटमा आधारित भएको देखिएकोले सो समाचारप्रति खेद व्यक्त गर्दछौँ । नेपालीले शुरु गरेको जुन कुनै साहसिक कदमलाई नेपालीले नै सहयोग गरेर नेपालीको हैसियत विश्व मानचित्रमा उच्च बनाउने काममा सबै नेपालीले सहयोग गर्नु पर्छ भन्ने सगुनको मान्यता रहेको छ । तर यदि केही व्यक्ति वा समूहले आफ्नो निश्चित स्वार्थ पूरा गर्ने उद्धेश्यले कपोल्कल्पित र भ्रामक समाचार प्रकाशन-प्रशारण गरेर सगुन र सगुनसँग सम्वन्धित विषयमा भ्रम छर्ने र छद्मभेष धारण गरि अनर्गल प्रचार गरे त्यस्ता व्यक्ति तथा संस्था बिरुद्ध कानुनी उपचार खोज्न वाध्य समेत हुनेछौ । तर, हामी चाहन्छौँ नेपाली समुदाय र पत्रकारिता क्षेत्र नेपाली र नेपालको हितको खातिर नै उपयोगी सिद्ध हुनेछन् ।

सगुनलाई विश्वभरि पुरयाउनका लागि संचार जगतले पुरयाएको सहयोगप्रति हामी आभार प्रकट गर्दछौँ । तर विना आधार प्रकाशित यस्ता समाचारहरुप्रति सगुन आपत्ति जनाउँदछ । सगुन र सगुनसंग सम्वन्धित समाचार प्रकाशन गर्नु पूर्व हामीसंग सम्पर्क राखी सत्य तथ्य बुझेर मात्र प्रकाशन गरिदिनु हामी सम्पूर्ण पत्रकार साथीहरुलाई अनुरोध गर्दछौँ ।

सगुनको प्रगति र सगुनले बजारमा ल्याएको फरक प्रकारको सामाजिक सञ्जाल ‘sagoon Lite’ का बारेमा सगुनले हालै प्रकाशित विज्ञप्ति पनि यसै साथ संलग्न गरिएको छ ।

धन्यवाद
कविन्द्र सिटौला
सहसंस्थापक, सगुन
वासिङ्टन डिसी अमेरिका

Email: [email protected]

Phone: 1-703-291-1212

नेपाललाई विशेष लक्षित गरि नेपाली विशेषता सहित निर्माण गरिएको Sagoon Lite सञ्चालनमा

काठमाडौँ, श्रावण २६ । नेपालीहरूले निर्माण गरेको Sagoon ले नेपाली प्रयोगकर्ताहरुलाई विशेष लक्षित गरेर आफ्नो परिचय नखुलाई प्रयोग गर्न मिल्ने सामाजिक एप Sagoon Lite सुरुवात गरेको छ । यसले प्रयोगकर्ताहरूलाई आफ्ना विचारको आधारमा कसैले धारणा बनाउन नसकोस् भन्ने निश्चिन्तताका साथ विचारहरू अभिव्यक्त गर्ने स्वतन्त्रता प्रदान गर्दछ ।

Sagoon Lite को प्रयोग गरी खुला रूपमा आफ्ना व्यक्तिगत विचार तथा अनुभवको साथै आफ्ना वरपर भइरहेका घटनाहरु, राजनीति, कानून, न्याय, धर्म जस्ता सार्वजनिक सरोकारका विषयहरूमा अभिव्यक्ति संप्रेसण गर्न सकिन्छ ।

Sagoon Lite ले नेपालका लागी छुटै विषयहरु छनोट गरेको छ। जसमा नेपालको लागी दैनिक जनजीवन, नेपालका लोकप्रिय, नेपाली राजनीति, Visit Nepal 2020, हिन्दू तथा बौद्ध धर्म, ठट्यौली-चुट्किला, स्वास्थ्य तथा तन्दुरुस्ती, खेलकूद जस्ता विभिन्न रुचिका विषयहरू समावेश गरिएको छ । नेपालका प्रयोगकर्ताहरूले आफ्ना रुचि अनुसारका विषयहरूमा जानकारी लिन तथा आफ्ना रुचिका विषयमा विचारहरू व्यक्त गर्न तथा समुदाय पनि निर्माण गर्न सकिने व्यवस्था मिलाइएको छ।

यस एपको निर्मांण, नेपालमा प्रचलित एक पुरानो भनाईको आधारमा गरिएको छ । भनिन्छ ‘कुनै पनि वह मनमा नराख्नु । यदि मनको वह सुनाउनको लागि साथी तथा अन्य व्यक्तिहरू पाइएन भने रुख वा ढुंगालाई भए पनि सुनाउनू । त्यसो गर्दा मन हलुका हुन्छ ।’ यही प्रारम्भिक अवधारणा Sagoon निर्माणमा प्रयोग गरिएको छ । Sagoon Lite एप खोली आफ्नो मनमा रहेको विचार संसारलाई सुनाउनु होस साथै मन हलुका गर्नुहोस् ।

फेब्रुअरी २०१९ देखि यस एपलाई प्रयोगकर्ता तथा अन्य शुभचिन्तकहरूमाझ निरन्तर बेटा परीक्षण गरिएको थियो । ६४ देशका २५१ सहरका प्रयोगकर्ताहरूले आफ्नो रूचिका विभिन्न विषयमा विचारहरू रंगीन पृष्ठभूमिमा शब्द, तस्विर तथा भिडियो मार्फत् दैनिक रूपमा संप्रेसण गर्दै आइरहेका छन् । साझा गरिएका विचारहरू संसारभरका प्रयोगकर्ताहरूले आफ्नो रुचि बमोजिम हेर्ने र गोप्य रूपमा मन पर्यो वा परेन भनी राय व्यक्त गर्छन् ।

Sagoon का प्रयोगकर्ताहरू मध्ये धेरैले दिनमा २० पटकभन्दा बढी एप खोल्ने तथा आफ्ना सयौं साथीहरूलाई प्रयोग गर्नको लागि आमन्त्रण गर्दै आएका छन् । प्रयोगकर्ताहरूले साझा गरेका १ लाखभन्दा बढी विचारहरू १ करोडभन्दा बढी पटक हेरिएको छ । प्रयोगकर्ताहरूको संख्या अघिल्लो महिनाको तुलनामा २ सय प्रतिशतले बढिरहेको छ । Sagoon Lite शुरु भएयता धेरै भन्दा धेरै प्रयोग गर्नेहरुलाई सम्मानित गरिएको छ । यसक्रममा सक्रिय सगुन प्रयोगकर्ताको रुपमा ५१ व्यक्तिहरू सम्मानित भएका छन्। हामीले प्रयोगकर्ताहरूबाट उत्साहजनक विचारहरू पनि सुनेका छौं । सगुनमा प्रेरणादायी विचारहरू सुनेर वासिङ्टन डिसीका एक प्रयोगकर्ताले धुम्रपान गर्न छोडेका छन् भने लन्डनमा बस्ने अर्का एक प्रयोगकर्ताको चिन्ताको समस्या निको भएको छ ।

Sagoon Lite एप चलाउन सजिलो छ। यो निशुल्क डाउनलोड गर्न सकिन्छ। Google Play store वा Apple Appstore मा गएर Sagoon Lite खोजी एक मिनेटमै इन्स्टल गर्न सकिन्छ । यसक्रममा आफ्नो फोन नम्बर राखेर साइन अप गर्ने, आफ्ना रुचिका विषयहरू छान्ने र आफ्नो फोनलाई ओटीपी कोडले प्रमाणीकरण गर्नु पर्नेछ। यति गरिसकेपछि प्रयोगकर्ताले एपको Dashboard मा पुगि साथीहरू तथा Sagoon Team का सदस्यहरूले साझा गरेका विचारहरू हेर्न सक्नेछ। Sagoon का प्रयोगकर्ताहरुले, आफ्ना साथीहरुले पोष्ट गरेका, आफ्नो देशभित्र अन्य प्रयोगकर्ताले पोष्ट गरेका र विश्वका विभिन्न देशका प्रयोगकर्ताले पोष्ट गरेका विचार वा आफ्ना राय व्यत्त गर्न सक्छन् ।

Sagoon ले डेक्सटप संस्करण (www.sagoon.com) मोबाइल संस्करण (www.m.sagoon.com) पनि जारी गरिसकेको छ । यदि मोबाइलमा खाली स्थानको अभाव छ भने प्रयोगकर्ताले डेक्सटप संस्करण प्रयोग गर्न सक्छन् ।

प्रतिक्षा गर्नुहोस्, अन्य विविध सुविधाहरू चाडै नै नेपालमा ल्याईदैछ । Sagoon को प्रयोग सुखमय रहोस् ।

सगुन टीम

सम्पर्क
दीपेन्द्र कुमार चौधरी
इमेल: [email protected]
फोन: +९७७-९८६३३३१६३८

प्रतिक्रिया

सम्बन्धित सामाग्री