एनआरएनए युके अध्यक्षमा पुनम र शेरबीच टक्कर, दुबै प्यानलसहित उत्रिए
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको आसन्न निर्वाचनका लागि अध्यक्षमा पुनम गुरुङ र शेरबहादुर सुनारबीच टक्कर हुने निश्चित भएको छ । आइतबार अल्डरसटस्थित एम्पायर हलमा भएको उम्मेदवारी दर्तामा गुरुङ र सुनारले अध्यक्षका लागि उम्मेदवारी दिएका हुन् ।
बिहान १० देखि दिउसो १ बजेसम्म भएको उम्मेदवारी दर्ता कार्यक्रममा राष्ट्रिय समन्वय समिति र राज्य समन्वय परिषद गरि कुल ७४ पदमा ११७ जनाले उम्मेदवारी दिएका निर्वाचन समितिका सदस्य सचिव नरेश खपांगीमगरले जनाए ।
प्रमुख निर्वाचन आयुक्त मेजर रि डमर घलेका अनुसार, २ उपाध्यक्षका लागि ५ जनाको उम्मेदवारी परेको छ, जसमा धनबहादुर सार्की, कमल पौडेल, पशुपति पोखरेल, सुनिलबाबु खड्का र प्रेमबहादुर गाहामगर छन् ।
महासचिवका लागि फडिन्द्र भट्टराई र कमानसिंह कर्मा पहाडी शेर्पाको उम्मेदवारी परेको छ । महिला उपाध्यक्षमा रोजिनाप्रधान राई र बिमला लिम्बुले उम्मेदवारी दर्ता गराएका छन् ।
सचिवमा दुई पदका लागि ५ जनाले उम्मेदवारी दिएका छन् जसमा भाग्यनारायण राय, जीतबहादुर रानाभाट, कोशलेश्वर ढकाल (कृष्ण), भोलाविक्रम राई र विष्णु खरेल छन् ।
७ आइसीसी सदस्यका लागि रमेश शर्मा बास्तोला, अर्कराज तिम्सिना, दयानिधि सापकोटा, अर्जुनकुमार कटुवाल, राजन खकुरेल, सुरोज मास्के, ललितकुमार न्यौपाने, मनिष खड्का, कृष्णप्रसाद तिवारी, होमनाथ पौडेल, सालिक सापकोटा, सुशिला राई, योगकुमार फगामी र लिलादेवी गुरुङको उम्मेदवारी परेको छ ।
प्रकाशित उम्मेदवारको नामावालीमाथि कुनै दाबी विरोध भए एकघण्टा सम्म निर्वाचन समिति समक्ष जानकारी गराउन अनुरोध गरिएको निर्वाचन समितिका प्रवक्ता शिवजी श्रेष्ठले जानकारी दिए । तस्बिर- शिव भण्डारी
कसले कुन पदमा उम्मेदवारी दिए नामावली तल हेर्नुहोस्-
गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको निर्वाचन कार्यक्रमअनुसार आज सम्पन्न उम्मेदवारी दर्ता कार्यक्रममा निम्न पदहरुमा निम्न बमोजिमका व्यक्तिहरुको उम्मेदवारी परेकोले उम्मेदवारको पहिलो नामावली यसप्रकार प्रकाशन गरिएको जानकारी गराउँदछु । प्रकाशित उम्मेदवारको नामावालीमाथि कुनै दाबी विरोध भए ५.३० सम्म निर्वाचन समिति समक्ष जानकारी गराउनुहुन अनुरोध गरिन्छ ।
१. राष्ट्रिय समन्वय समिति
पद/ निर्वाचित हुने संख्या/ उम्मेदवारको नाम/ कैफियत