लन्डन । बेलायत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टीका सांसद विशाल भट्टराईले बेलायतस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत शरदराज आरणसँग भेटवार्ता गरेका छन् । शुक्रबार नेपाली दूतावास लन्डनमा भएको भेटघाटमा आरणले सांसद भट्टराईलाई दूतावासले हाल गर्दै आएका र भविष्यमा गर्ने कामबारे बताएका थिए ।
कार्यवाहक राजदूत आरणले आर्थिक कुटनीतिलाई पनि अघि बढाउनु पर्नेमा जोड दिए । उनले आयरल्याण्डको माल्टामा श्रम स्वीकृति लिएर आउने र स्थायी बसोवासका लागि यूरोपेली मुलुकहरुमा लुक्ने गर्नाले नेपालको बदनाम भएको तर्फ सांसद भट्टराईको ध्यानाकर्षण गराए । माल्टामा नेपाली दूतावास नभएकाले लण्डन दूतावासलाई जिम्मेवारी दिइएको छ ।
दूतावासले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा सार्थक तुल्याउन र बेलायती लगानी नेपाल लैजान पहल गरिरहेको जानकारी गराएको द्वितिय सचिव लव सुवेदीले बताए ।
उक्त भेटघाटमा पूर्व एमाले निकट प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी, दूतावासका द्वितिय सचिव लव सुवेदी लगायतको सहभागिता थियो ।
यसैवीच, प्रवासी नेपाली मञ्च यूकेले शुक्रबार साँझ सांसद भट्टराईसँग अन्तरक्रिया गर्दैछ । सरकारका काम कारवाही, भावी योजना र प्रवासी नेपालीका हकअधिकार संरक्षणका लागि भए गरेका कामका बारेमा सांसद भट्टराईसँग अन्तरक्रिया गर्न लागिएको अध्यक्ष पुडासैनीले जनाए । अल्डरसटस्थित एम्पायर हलमा अन्तरक्रिया हुने उनले जानकारी दिए ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे