लन्डन । बेलायत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टीका सांसद विशाल भट्टराईले बेलायतस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत शरदराज आरणसँग भेटवार्ता गरेका छन् । शुक्रबार नेपाली दूतावास लन्डनमा भएको भेटघाटमा आरणले सांसद भट्टराईलाई दूतावासले हाल गर्दै आएका र भविष्यमा गर्ने कामबारे बताएका थिए ।
कार्यवाहक राजदूत आरणले आर्थिक कुटनीतिलाई पनि अघि बढाउनु पर्नेमा जोड दिए । उनले आयरल्याण्डको माल्टामा श्रम स्वीकृति लिएर आउने र स्थायी बसोवासका लागि यूरोपेली मुलुकहरुमा लुक्ने गर्नाले नेपालको बदनाम भएको तर्फ सांसद भट्टराईको ध्यानाकर्षण गराए । माल्टामा नेपाली दूतावास नभएकाले लण्डन दूतावासलाई जिम्मेवारी दिइएको छ ।
दूतावासले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा सार्थक तुल्याउन र बेलायती लगानी नेपाल लैजान पहल गरिरहेको जानकारी गराएको द्वितिय सचिव लव सुवेदीले बताए ।
उक्त भेटघाटमा पूर्व एमाले निकट प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी, दूतावासका द्वितिय सचिव लव सुवेदी लगायतको सहभागिता थियो ।
यसैवीच, प्रवासी नेपाली मञ्च यूकेले शुक्रबार साँझ सांसद भट्टराईसँग अन्तरक्रिया गर्दैछ । सरकारका काम कारवाही, भावी योजना र प्रवासी नेपालीका हकअधिकार संरक्षणका लागि भए गरेका कामका बारेमा सांसद भट्टराईसँग अन्तरक्रिया गर्न लागिएको अध्यक्ष पुडासैनीले जनाए । अल्डरसटस्थित एम्पायर हलमा अन्तरक्रिया हुने उनले जानकारी दिए ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै