लन्डन । गैर आवासीय नेपाली संघ बेलायतको वर्तमान कार्यसमिति सदस्य बिमला लिम्बुले महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएकी छन् । यसअघि उनले सह-कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । ‘साथी र अग्रजहरुको सल्लाह बमोजिम मैले आफ्नो उम्मेदवारी सोचमा थोरै हेरफेर गरेको छु’, लिम्बुले भनिन्, ‘म महिला पनि भएकोले महिला मुद्दा उठाउन र आफूलाई उपयुक्त हुने पदमा अगाडि बढ्न झन् उत्साहित छु । ‘
गैर आवासीय नेपाली संघ बेलायतको उम्मेदवारी मनोनयन यही आइतवार हुँदैछ । झन्डै १४ हजार सदस्यबीच यस पटकको निर्वाचन रोचक हुने ठानिएको छ ।
एनआरएनए यूकेको गत निर्वाचनमा अत्यधिक मतले विजयी भएकी उनी हाल पांचथर थर्पू समाज यूकेकी कोषाध्यक्ष छन् । उनले फोनिज यूकेको सह-कोषाध्यक्ष भएर पनि काम गरिसकेकी छन् ।
पांचथर थर्पू समाजको अगुवाइमा पांचथरमा हालै निर्मित १८ लाख रुपैयां लागतको थर्पू क्याम्पस पुस्तकालय भवन सम्पन्न गर्न उनको उल्लेखनीय भूमिका थियो । लोकपाटी अनलाइनको युरोप कोअर्डिनेटर लिम्बु थर्पू माध्यमिक विद्यालयकी पूर्व शिक्षिका पनि हुन् ।
लिम्बुले त्रिभुवन विश्वविद्यालयबाट मनोविज्ञानमा स्नातक गरेकी छिन् भने हाल ओपन युनिभर्सिटीबाट ‘मास्टर्स’ गरिरहेकी छिन् ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान