लन्डन । गैर आवासीय नेपाली संघ बेलायतको वर्तमान कार्यसमिति सदस्य बिमला लिम्बुले महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएकी छन् । यसअघि उनले सह-कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । ‘साथी र अग्रजहरुको सल्लाह बमोजिम मैले आफ्नो उम्मेदवारी सोचमा थोरै हेरफेर गरेको छु’, लिम्बुले भनिन्, ‘म महिला पनि भएकोले महिला मुद्दा उठाउन र आफूलाई उपयुक्त हुने पदमा अगाडि बढ्न झन् उत्साहित छु । ‘
गैर आवासीय नेपाली संघ बेलायतको उम्मेदवारी मनोनयन यही आइतवार हुँदैछ । झन्डै १४ हजार सदस्यबीच यस पटकको निर्वाचन रोचक हुने ठानिएको छ ।
एनआरएनए यूकेको गत निर्वाचनमा अत्यधिक मतले विजयी भएकी उनी हाल पांचथर थर्पू समाज यूकेकी कोषाध्यक्ष छन् । उनले फोनिज यूकेको सह-कोषाध्यक्ष भएर पनि काम गरिसकेकी छन् ।
पांचथर थर्पू समाजको अगुवाइमा पांचथरमा हालै निर्मित १८ लाख रुपैयां लागतको थर्पू क्याम्पस पुस्तकालय भवन सम्पन्न गर्न उनको उल्लेखनीय भूमिका थियो । लोकपाटी अनलाइनको युरोप कोअर्डिनेटर लिम्बु थर्पू माध्यमिक विद्यालयकी पूर्व शिक्षिका पनि हुन् ।
लिम्बुले त्रिभुवन विश्वविद्यालयबाट मनोविज्ञानमा स्नातक गरेकी छिन् भने हाल ओपन युनिभर्सिटीबाट ‘मास्टर्स’ गरिरहेकी छिन् ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे