लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आसन्न निर्वाचनका लागि नयां घट्नाक्रम विकसित भएका छन् । पुनम गुरुङ र मिडल्याण्डले सहमति गरेको भोलिपल्ट अध्यक्षका प्रत्यासी मध्येका अग्रज शेरबहादुर सुनारलाई मंगलबार सांझ अध्यक्षमै उम्मेदवारी घोषणा गरेका प्रेम गाहामगर, सुशीला राई र ललित न्यौपानेले सामूहिक समर्थन गर्ने घोषणा गरेका छन् । अब सुनार पुनमबीच कडा
प्रतिष्पर्धा हुने ठानिएको छ ।
विशेषगरी, युवाहरुका रोलमोडल र मगर समुदायलाई आफ्नो पक्षमा राख्न सफल भनिने गाहामगर, राई र न्यौपानेले अध्यक्षका उम्मेदवार सुनारलाई समर्थन गरेपछि उनी जितको नजिक पुगेको दावी उनका समर्थकले गरेका छन् । गत राती मिडल्याण्डवासीका तर्फबाट केही उम्मेदवार र अध्यक्षकै प्रत्यासी पुनम गुरुङवीच ‘डिल’ भएको समाचार सार्वजनिक भएको २४ घण्टा पनि नपुग्दै चार उम्मेदवारहरु एक भएका छन् ।
तीन अध्यक्षका प्रत्यासीको समर्थनपछि एनआरएनए यूके अभियन्ताका रुपमा काम गरेका पूर्व गोर्खा सुनारलाई धेरैले भावी अध्यक्षका रुपमा हेर्न थालेका छन् । शालिन व्यक्तिका रुपमा समाजमा परिचित सुनार यूकेस्थित सबै समुदायमाझ लोकप्रिय मानिन्छन् ।
यही १४ सेप्टेम्बरमा हुने निर्वाचनका लागि आइतबार उम्मेदवार मनोनयन तय भइसकेको छ । यो सहमतिपछि अध्यक्षका लागि शेर सुनार र पुनम गुरुङ मात्रै मैदानमा रहनेछन् । दुबै प्रत्यासीले आफ्नो पक्षमा ७ हजार बढि मतदाता रहेको जिकिर गर्दै आएका छन् ।
तस्विरहरु- पूर्ण गुरुङ
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा