लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आसन्न निर्वाचनका लागि नयां घट्नाक्रम विकसित भएका छन् । पुनम गुरुङ र मिडल्याण्डले सहमति गरेको भोलिपल्ट अध्यक्षका प्रत्यासी मध्येका अग्रज शेरबहादुर सुनारलाई मंगलबार सांझ अध्यक्षमै उम्मेदवारी घोषणा गरेका प्रेम गाहामगर, सुशीला राई र ललित न्यौपानेले सामूहिक समर्थन गर्ने घोषणा गरेका छन् । अब सुनार पुनमबीच कडा
प्रतिष्पर्धा हुने ठानिएको छ ।
विशेषगरी, युवाहरुका रोलमोडल र मगर समुदायलाई आफ्नो पक्षमा राख्न सफल भनिने गाहामगर, राई र न्यौपानेले अध्यक्षका उम्मेदवार सुनारलाई समर्थन गरेपछि उनी जितको नजिक पुगेको दावी उनका समर्थकले गरेका छन् । गत राती मिडल्याण्डवासीका तर्फबाट केही उम्मेदवार र अध्यक्षकै प्रत्यासी पुनम गुरुङवीच ‘डिल’ भएको समाचार सार्वजनिक भएको २४ घण्टा पनि नपुग्दै चार उम्मेदवारहरु एक भएका छन् ।
तीन अध्यक्षका प्रत्यासीको समर्थनपछि एनआरएनए यूके अभियन्ताका रुपमा काम गरेका पूर्व गोर्खा सुनारलाई धेरैले भावी अध्यक्षका रुपमा हेर्न थालेका छन् । शालिन व्यक्तिका रुपमा समाजमा परिचित सुनार यूकेस्थित सबै समुदायमाझ लोकप्रिय मानिन्छन् ।
यही १४ सेप्टेम्बरमा हुने निर्वाचनका लागि आइतबार उम्मेदवार मनोनयन तय भइसकेको छ । यो सहमतिपछि अध्यक्षका लागि शेर सुनार र पुनम गुरुङ मात्रै मैदानमा रहनेछन् । दुबै प्रत्यासीले आफ्नो पक्षमा ७ हजार बढि मतदाता रहेको जिकिर गर्दै आएका छन् ।
तस्विरहरु- पूर्ण गुरुङ
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण