लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार एवं युवा भौतिकशास्त्री डा. हेमराज शर्माले आगामी कार्यकालका लागि महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अग्रजहरुको आग्रह र अनुभवी व्यक्तिको आवश्यकता महशुस भएकाले आफू चुनावी मैदानमा आउनु परेको शर्माले बताए ।
‘अहिलेसम्म मैले बाहिर बसेरै काम गरेर देखाएं । अहिले संस्थालाई मजस्ता अनुभवी व्यक्तिको आवश्यकता महशुस भइरहेकाले चुनाबी मैदानमा जाने निर्णय गरेको छु’- उनले भने ।
‘मैले धेरै सोचविचार गरेर नै महासचिव पदमा उठ्ने निर्णय गरेको हुं । म भन्दा दक्ष साथीहरु महासचिवको लागि मैदानमा आउनुहुन्छ भने सम्वाद गर्न सकिन्छ, अन्यथा मैदानबाट हट्ने कुरा हुंदैन’- उनले भने ।
‘हाल कार्यसमितिमा रहेका साथीहरुलाई विस्थापित गरेर वा कसैलाई अप्ठ्यारोमा पार्न म चुनावमा आउन खोजेको होइन आ–आफ्नो योगदान, दक्षता र अनुभवअनुसार पदमा बस्न तयार हुने हो भने सबै साथीहरुले स्पेस पाउनु नै हुनेछ’- शर्माले बताए ।
डा. शर्मा बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुन् । १० जनाभन्दा बढि विद्यार्थीको विद्यावारिधि ‘सुपरभाइज’ गरिसकेका उनले आफ्नो नेतृत्वमा गत वर्ष काठमाडौंमा अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन गरेका थिए ।
संघको परिमार्जित नयां विधान २००७ को खाका र नियमावलीका मस्यौदाकार समेत रहेका उनले साथीहरुको प्रेरणाले महासचिवमा उम्मेदवार बन्न लागेको बताए ।
बाग्लुङको अमलाचौरमा जन्मिएका शर्माको बिगत जति सरल छ उति नै रोचक पनि छ । आफ्नै बलबुतामा निरन्तर मेहनत र परिश्रमको फलस्वरुप उनी अहिले गैरआवासीय नेपाली संघ ९एनआरएन० को एक प्रभावशाली हस्तीका रुपमा उदाएका छन् ।
उनी बेलायतको लोकप्रिय विश्वविद्यालय लिभरपुलमा सिनियर रिसर्च लेक्चरको रुपमा समेत कार्यरत छन् । उनले सन् १९९७ मा जापानको रिक्यो विश्वविद्यालयमा मास्टर्स कोर्स गरेका थिए भने १९९८ मा इटालीबाट थप मास्टर्स डिग्री हासिल गरे । उनले सन् २००२ मा फ्री युनिभर्सिटी बर्लिनबाट ‘फिजिक्स’ मै पिएचडी गरेका हुन् ।
सन् २००५ मा एनआरएन जापानको महासचिवको जिम्मेवारी सम्हालेका शर्माले सन् २००७ मा बेलायत गएसंगै त्यहांको आइसीसी सदस्यमा मनोनित भएका थिए । उनी एनआरएनए विधान समितिका संयोजक समेत छन् । शर्माले पूर्व अध्यक्ष जीवा लामिछानेको कार्यकालमा प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए । शर्मा राष्ट्रपति विद्या भण्डारीको बाहुलीबाट नेपाल विद्याभुषण मानपदवीद्वारा हालै सम्मानित भएका थिए ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे