लन्डन । जब जब एनआरएन यूके चुनावको सरगर्मी बढ्छ, तब उम्मेदवारका प्रत्यासी अनि बेलायतको नेपाली समुदायको ध्यान मिडल्याण्डतिर खिचिन्छ । त्यही ‘स्ट्रङहोल्ड’ एरियामा आफ्नो पकड जमाएका अभियन्ता हुन् दयानिधि सापकोटा ।
आउंदो महिना एनआरएनए यूकेको नयां नेतृत्व तयारी भइरहंदा करिब दुई हजार सदस्य संख्या भएको मिडल्याण्ड क्षेत्रले कुन समूहलाई समर्थन गर्छ, त्यसैको जित सुनिश्चित हुने पक्का छ । र, यसको सांचो तिनै व्यवसायी एवं सामाजिक अभियन्ता सापकोटासंग छ । अहिले आकांक्षीहरु उनको मन जित्न हर प्रयास पनि गरिरहेका छन् ।
एनआरएनए यूकेभित्र चाहे सुधारका कुरा हुन्, चाहे सहयोगका । सापकोटा अघि सारिहाल्छन् । विधान बमोजिम तीन राज्यसमिति बने तर इंग्ल्याण्ड बनाइएन् । सापकोटाले विधान हातमा बोकेर विद्रोहसम्मको चेतावनी दिए । एनआरएनए यूके केन्द्र इंग्ल्याण्ड राज्य समिति बन्यो भने त्यसको नेतृत्व लिन तयार सापकोटाले छायांमा पारिदिन्छन् भन्ने त्रासमा रहेर समिति गठन गर्न तम्सिएन केन्द्र । पछि उनी नेतृत्वको मिडल्याण्डको दवाव र आमचासोबीच अब राज्य समिति गठन हुने ठानिएको छ । ‘म विधान र नियम कानून बमोजिम चल्ने व्यक्ति हुं’, सापकोटा भन्छन्, ‘कोही व्यक्ति वा समूह आफ्नो व्यक्तिगत नाफा घाटा सोच्छ वा कसैको इसारामा चल्न खोज्छ भने मलाई सैह्य हुंदैन् ।’ ‘राज्य समितिको नेतृत्व आफूले पाउनु पर्छ भनेर होइन, जसले लिएपनि विधानसम्मत अगाडि बढौं भन्ने थियो’, उनी स्मरण गर्छन् । राज्यसमिति अगाडि क्षेत्रीय र काउन्टी कमिटी बनाउन तम्सिएका एनआरएनए यूके पदाधिकारी पनि सापकोटासहित मिडल्याण्डको विरोधपछि पाखा लागे ।
आफ्नो व्यापार चटक्क छाडेर सम्भव भएसम्म बेलायतका हरेक कार्यक्रममा उपस्थित हुने सापकोटा आर्थिक, वौद्धिक र तार्किक रुपमा पनि निपुण छन् । च्यारिटी आग्रह अस्वीकार गरेको प्राय सुनिन्न । उनी ‘मिडिया फ्रेण्ड्ली’ छन् । स्पष्ट र तार्किक टिप्पणी गर्न सक्ने उनको खुबीले पनि मिडल्याण्ड क्षेत्र पकडमा राख्न सकेको कतिपयको विश्लेषण छ ।
एनआरएनए यूके सल्लाहकार सापकोटा यो पटक एनआरएनए आइसीसी सदस्यमा लड्ने तयारीमा छन् । ‘समाजसेवालाई स्वार्थपूर्ति वा राजनीतिक भरयाङ बनाइनु हुन्न भन्ने मेरो मान्यता हो’, उनले भने, ‘सकिन्छ निस्वार्थ भावनाले समाजसेवा गरौं, सकिन्न यसलाई दुर्गन्धित नबनाउं ।’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी