लन्डन । जब जब एनआरएन यूके चुनावको सरगर्मी बढ्छ, तब उम्मेदवारका प्रत्यासी अनि बेलायतको नेपाली समुदायको ध्यान मिडल्याण्डतिर खिचिन्छ । त्यही ‘स्ट्रङहोल्ड’ एरियामा आफ्नो पकड जमाएका अभियन्ता हुन् दयानिधि सापकोटा ।
आउंदो महिना एनआरएनए यूकेको नयां नेतृत्व तयारी भइरहंदा करिब दुई हजार सदस्य संख्या भएको मिडल्याण्ड क्षेत्रले कुन समूहलाई समर्थन गर्छ, त्यसैको जित सुनिश्चित हुने पक्का छ । र, यसको सांचो तिनै व्यवसायी एवं सामाजिक अभियन्ता सापकोटासंग छ । अहिले आकांक्षीहरु उनको मन जित्न हर प्रयास पनि गरिरहेका छन् ।
एनआरएनए यूकेभित्र चाहे सुधारका कुरा हुन्, चाहे सहयोगका । सापकोटा अघि सारिहाल्छन् । विधान बमोजिम तीन राज्यसमिति बने तर इंग्ल्याण्ड बनाइएन् । सापकोटाले विधान हातमा बोकेर विद्रोहसम्मको चेतावनी दिए । एनआरएनए यूके केन्द्र इंग्ल्याण्ड राज्य समिति बन्यो भने त्यसको नेतृत्व लिन तयार सापकोटाले छायांमा पारिदिन्छन् भन्ने त्रासमा रहेर समिति गठन गर्न तम्सिएन केन्द्र । पछि उनी नेतृत्वको मिडल्याण्डको दवाव र आमचासोबीच अब राज्य समिति गठन हुने ठानिएको छ । ‘म विधान र नियम कानून बमोजिम चल्ने व्यक्ति हुं’, सापकोटा भन्छन्, ‘कोही व्यक्ति वा समूह आफ्नो व्यक्तिगत नाफा घाटा सोच्छ वा कसैको इसारामा चल्न खोज्छ भने मलाई सैह्य हुंदैन् ।’ ‘राज्य समितिको नेतृत्व आफूले पाउनु पर्छ भनेर होइन, जसले लिएपनि विधानसम्मत अगाडि बढौं भन्ने थियो’, उनी स्मरण गर्छन् । राज्यसमिति अगाडि क्षेत्रीय र काउन्टी कमिटी बनाउन तम्सिएका एनआरएनए यूके पदाधिकारी पनि सापकोटासहित मिडल्याण्डको विरोधपछि पाखा लागे ।
आफ्नो व्यापार चटक्क छाडेर सम्भव भएसम्म बेलायतका हरेक कार्यक्रममा उपस्थित हुने सापकोटा आर्थिक, वौद्धिक र तार्किक रुपमा पनि निपुण छन् । च्यारिटी आग्रह अस्वीकार गरेको प्राय सुनिन्न । उनी ‘मिडिया फ्रेण्ड्ली’ छन् । स्पष्ट र तार्किक टिप्पणी गर्न सक्ने उनको खुबीले पनि मिडल्याण्ड क्षेत्र पकडमा राख्न सकेको कतिपयको विश्लेषण छ ।
एनआरएनए यूके सल्लाहकार सापकोटा यो पटक एनआरएनए आइसीसी सदस्यमा लड्ने तयारीमा छन् । ‘समाजसेवालाई स्वार्थपूर्ति वा राजनीतिक भरयाङ बनाइनु हुन्न भन्ने मेरो मान्यता हो’, उनले भने, ‘सकिन्छ निस्वार्थ भावनाले समाजसेवा गरौं, सकिन्न यसलाई दुर्गन्धित नबनाउं ।’
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक