लण्डन । आसन्न गैर-आवासीय नेपाली संघ बेलायतको निर्वाचनमा बेलायतबाट प्रतिनिधित्व गर्ने आइसिसी सदस्यमा रमेश बांस्तोलाले उम्मेदवारी दिने भएका छन् ।
पोखराका बाँस्तोलाले नेपाली नागरिकताको निरन्तरता, गैर-आवासीय नेपाली संघलाई समाजमा अझ घुलमिल गराउने, ब्रिटिश गोर्खा सैनिकहरुको मागहरुलाई सही ठाउँमा पुर्याउन र युवा तथा महिलाहरुको माझ आकर्षण बढाउन आफूले उम्मेदवारी दिन लागेको बताए ।
बाँस्तोलाले त्रिभुवन विश्वविध्यालयबाट समाजशास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । उनी पोखरा कलेज अफ टेक्नोलोजीको संस्थापक पनि हुन् । १७ वर्षदेखि बेलायतमा सपरिवार बसोबास गर्दै आएका बाँस्तोला ग्रेटर रेडिङ नेपाली कम्युनिटी, सहारा युके, पोखरेली मंच युके, यति एसोसिएसन युके लगायत विभिन्न संघसंस्थामा रही सामाजिक कार्य गर्दै आएका छन् ।
हरेक गैर आवासीय नेपालीका अधिकार सुरक्षित राख्न र सुरक्षित लगानीको वातावरण निर्माण गर्न पहल गर्दै देशभित्र लगानी भित्राउने उद्देश्यका साथ आफूले उमेद्वारी दिने निर्णय गरेको उनले बताए ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त